|

तनहुँ : तनहुँको भानु नगरपालिकामा मान्छेलाई आक्रमण गर्ने चितुवा आइतबार मृत अवस्थामा भेटिएको छ। भानु -३ दोरदोरटार नजिक देउराली सामुदायिक वनमा नरभक्षी चितुवा मृत अवस्थामा भेटिएको हो। 

फोटो ट्रयाप भएको नरभक्षी चितुवा र मरेको चितुवाको उस्तै भएको डिभिजन वन कार्यालय तनहुँका डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए। मृत चितुवाको परीक्षण भेटेरिनरी तथा पशु विज्ञ केन्द्र तनहुँमा गरिने बताए। डिभिजन वन अधिकृत बरालले क्यामरा ट्रयाप भएको फोटो म्याचिङ गरेर हेर्दा नरभक्षी चितुवा नै भएको बताए। 'मृत चितुवाको छाला काडेर राखिने र छाला सम्बन्धित क्षेत्रमा पुर्‍याउनेछौँ ', उनले भने 'मान्छे खाएको हो कि होइन भनेर रिपोर्ट नआउने भए पनि दिशा, डिएनए परीक्षण गर्न पठाउनेछौँ।'

के कारणले चितुवाको मृत्यु भएको भन्ने विषयमा परीक्षणपछि थाहा हुने जिल्ला डिभिजन कार्यालय तनहुँले जनाएको छ। मृत चितुवाले एक वर्षमा तीन जना बालबालिकाको ज्यान लिएको थियो। एक जनाको २०७४ साल, २०७५ असोज र कार्तिकमा दुई जनाको ज्यान लिएको थियो भने एक जना घाइते छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.