|

सल्यान : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले राष्ट्रिय एकता कायम गर्न राजसंस्था फर्किने बताएका छन्। कहिले राजसंस्था फर्किन्छ भनेर मिति तोक्न नसके नि एक पटक सहमतिबाटै नेपालमा राजसंस्था फर्किने दावी गरे। 

सल्यानकाे खलंगामा आइतबार साँझ पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री लिङदेनले राष्ट्रियता दिन प्रतिदिन खतरामा पर्दै गइरहेको तथा भ्रष्टाचारले देश ठूलो दलदलमा फसेकाले राजसंस्था छिट्टै फर्किर्ने उनको विश्वास व्यक्त गरे। उनले भने, ‘राजतन्त्र चाहिँदैन भनेर राजाको टाउको काटेकाले देशले अहिले राजतन्त्र पुन:स्थापनाका लागि अघि बढीरहेका छन्। नेपालमा राजा सहज रुपमा बर्हिगमन भएकाले राजतन्त्र फर्किन कुनै समस्या नरहेको र नेपाली जनताले एकपटक राजतन्त्रको माग गर्ने छन्।’ 

बहुमतको वर्तमान सरकार पूर्णत: असफल भएको आरोप पनि लगाएका छन्। जनजीविका, राष्ट्रियता, भ्रष्टाचार र शान्ति सुरक्षा वर्तमान पूर्णरुपमा असफल भएको आरोप लगाएका हुन्। उनले झन्डै दुई तिहाईको सरकारबाट नेपाली जनताको जुन किसिमको आशा र अपेक्षा राखेका थिए। त्यसमाथि तुषरापात भएको बताए। महामन्त्री  लिङदेनले भने, 'दुई तिहाईको सरकार बनेपछि अव देशमा स्थिर सरकार बन्छ। देशले गति लिन्छ भन्ने जुन आशा गरिएको थियो। तर सबैको आशामाथि वर्तमान वाम सरकारले केही गर्न सकेन।' 

देशमा भ्रष्टाचार व्याप्त भएको समयमा भ्रष्टाचार नियन्त्रण नसक्ने  तथा बलात्कृत एक किशोरीलाई न्याय दिन नसक्ने सरकारप्रति जनताको आशा पनि विस्तारै मर्दै गएको बताए। सक्कल अपराधीलाई बचाउन सरकार नक्कली अपराधी बनाउन हिडिरहेको भन्दै सांसद समेत रहेका लिङदेनले जनअपेक्षा अनुसारका काम गर्न सरकारलाई आग्रह गरे। 

राजनीतिक क्षेत्रका प्रभुत्व व्यक्तिहरू नै भ्रष्टाचारमा लिप्त भएकाले राजनीतिक क्षेत्रलाई कारवाहीको दायरामा नल्याएसम्म देशबाट भ्रष्टाचार निर्मुल नहुने पनि उनको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.