|

मुगु : छायानाथ रारा नगरपालिकाभित्र बसोबास गदै आएका लामा जातिका महिला मदिरा प्रतिबन्दका विरुद्ध आन्दोलित भएका छन्। आइतबार यहाँका महिलाहरूले मदिरा प्रयोग गर्न पाउनु पर्ने भन्दै आन्दोलन गरेका हुन्।

आइतबार प्रहरीको टोली र नगरपालिका प्रतिनिधिलले विभिन्न ठाउँमा छापा मारे अवैध घरेलु मदिरा बरामत गरी नष्ट गरेपछि यहाँका लामा जातिका महिलाहरू आक्रोशित बनेका हुन्। उनीहरू एकजुट भई मदिरा खान पाऊँ भन्दै आन्दोलन गरे। मदिरा हाम्रो पूजापाठ गर्ने र अन्य शुभ कार्यमा प्रयोग गर्ने बेला अनिवार्य चाहिने भन्दै मदिरा प्रतिबन्ध फुकवा गर्ने पर्ने माग गर्दै सदुमुकाम गमगढीमा लामा जातिका महिलाले आन्दोलन चर्काएका हुन्।

आन्दोलन चर्किँदा मुगु सदरमुकमा गमगढी केहीबेर तनावग्रसत बनेको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ ६ जना प्रहरी र दुई जना प्रदर्शनकारी महिला सामान्य घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए।

लुकीछिपी व्यापार

लामा जातिका महिलाले छायानाथ रारा नगरपालिकामा लुकीछीपि अबैध घरेलु मदिरको व्यापार गरेको सूचनाको आधारमा छापा हानिएको सर्च टोलीले जनाएको छ। पहिला ७० रुपैया पर्ने लोकल रक्सीलाई १०० रुपैयाँमा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा छापा हानिएको सशस्त्र प्रहरी बल ४५ गुल्म मुगुका प्रहरी नायव उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए। यो अभियानमा स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासन, स्थानीय, व्यापारीले साथ दिइएकाले सबैको सल्लाहमा ६ वटा सर्च टोली गठन गरी मदिरा बिक्री वितरण गर्ने व्यापारीकामा छापा हानी ठूलो परिणामाको घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताए।

अवैध मदिराको व्यापार गर्नेलाई कार्वाही

छायानाथ रारा नगरपालीकाले अबैध मदिरा ओसरापोसर गर्ने बिक्री वितरण गर्नेलाई कार्वाही गर्ने गरेको छ। छायानाथ रारा नगरपालिकालाई मदिरा निषेधित घोषण गरेसँगै मदिरा खाएको भेटाएमा खानेलाई ५ हजार र खुवाउने लाई १५ हजारका दरले जरिवना गर्ने गरेको नगरपालीकाले जनाएको छ।

मदिरा ऐन २०७५ कार्यविधिअनुसार यस्तो जरिवना गर्ने गरेको हो। मदिरको कार्यविधि पास नहुँदै खानेलाई २ हजार  र खुवाउनेलाई ४ हजारका दरले जरिवाना गर्ने गरेको भए पनि कार्यविधि नगरसभाबाट पास भएसँगै खानेलाई ५ हजार र खुवाउनेलाई १५ हजारका दरले जरिवाना गर्ने गरेको छायानाथ रारा नगरपालिका नगरप्रमुख शाहीले जानकारी दिए।

मदिरा निषेधित नगर घोषणा

गत मंसिर १ गते मदिरा निषेधित नगर घोषणा गरिएको छायानाथ रारा नगरपालिकामा सर्च टोलीले १० हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ। छायानाथ रारा नगरपालिका, प्रहरी प्रशासनको सहयोगमा सर्च टोली गठन गरी छापा मार्दा १० हजार लिटर अवैध घरेलु मदिरा भेटिएको थियो। भेटिएको अवैध घरले मदिरा नष्ट गरिएको नायव उपरीक्षक रेग्मीले बताए।

प्रहरी प्रमुख रेग्मीक अनुसार  १० हजार लिटर मदिरा, ३० वटा रक्सी बनाउने भाँडाकुँडा बरामद गरिएको छ। मुगु जिल्लामा भएका आपराधिक क्रियाकलापहरूमा ९० प्रतिशतभन्दा बढी घटना मदिरा सम्बन्धित रहेको भन्दै जिल्लाका सरोकारवाला निकाय प्रहरी प्रशसनको सहयोगमा गहेको मसिर १ गते छायानाथ रारा नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा गरिएको थियो। मदिरा निषेधित घोषणलाई घोषणमा सिमित नबानाई थप प्रभावकारी बनाउन यस्तो सर्च अभियान थालिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताए। 

अपराधको कारक तत्व मदिरा

उनका अनुसार  घोषणा गरिएको नगरपालिकामा  मदिरा उत्पादन गरेको, बिक्री वितरण गरेर अवज्ञा गरेको भन्दै सर्च टोलीले छापा हानेको जानकारी दिए। यो अभियान सबैको भएकाले सबैलाई सहयोग गर्न प्रजिअ अधिकारीले आग्रहसमेत गरे। मुगुमा मदिराले विभिन्न किसिमका आपराधिक क्रियाकलापहरू बढाएको र त्यसमा सबैभन्दा बढी कारकतत्वका रूपमा घरेलु मदिरा रहेकाले छायानाथ रारा नगरपालिकालाई पूर्ण रूपमा मदिरा निषेधित नगर घोषाण गरिएको छायानाथ रारा नगरपालिका नगरप्रमुख हरिजंग शाहीले बताए।

निषेधित नगर घोषणापछि घरेलु मदिरा उत्पादन, बिक्री वितरण र सेवनमा नियन्त्रण गर्न जरुरी भएको उनको भनाइ छ। यो अभियान लाई निरन्तररूपमा अगाडि बढाइने र विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम गरी थप प्रभाबकारी बनाई एक उदारणीय नगरपालिका बनाइने छायानाथ रारा नगरपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.