|

काठमाडौं : देशभर सञ्चालित ५३२ सामुदायिक क्याम्पसमध्ये झन्डै ६० प्रतिशत क्याम्पस बन्द हुने अवस्थामा रहेका छन्। तथ्यांकअनुसार झन्डै ३०० क्याम्पस बन्द हुने अवस्थामा रहेका हुन्। ती क्याम्पसमा ५० जनाभन्दा कम विद्यार्थी छन्।

नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचारअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको विश्वविद्यालयहरुले सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्गनिर्देशन प्रतिवेदन २०७५’ अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमा त्यस्ता क्याम्पसलाई तत्काल बन्द गर्न वा मर्ज गर्न सुझाव दिएको छ।

विश्वविद्यालयले मनपरी रूपमा क्याम्पस सम्बन्धन दिएको कारण ती क्याम्पसहरुको अवस्था धराशयी बन्दै गएको संयोजक एवं विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राडा देवराज अर्यालले बताए। ‘यही अवस्थामा सम्बन्धन दिँदै गएमा अबको केही वर्षभित्र सामुदायिक क्याम्पसको अवस्था धराशयी हुनेछ’, उनले भने।

अर्यालका अनुसार कतिपय क्याम्पसले आफ्ना शिक्षकलाई तलब खुवाउन सकेका छैनन् त कतिपयमा विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेका छन्। विश्वविद्यालयले सम्बन्धन बढाउदै जाने हो भने सन २०३० मा नेपालमा क्याम्पसको संख्या ३ हजार पुग्ने र विद्यार्थी मात्रै होइन नेपालकै विश्वविद्यालयको शिक्षा भद्रगोल हुने उनले बताए। हाल नेपालमा सम्बन्धन प्राप्त क्याम्पसको संख्या एक हजार चार सय आठ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.