किन हुन सकेन खर्च?
किन हुन सकेन खर्च?
काठमाडौं : चालु आर्थिक छ महिना बितेको छ। बजेटमार्फत आफ्नो खर्च र विकासको लागि जुटाउने भनेको बजेट कति जुट्यो र कति खर्च भयो अर्धवार्षिक समीक्षा पनि गर्दैछ।
आधार समयमा आधा खर्च गर्नु पर्ने पनि हो तर, सरकारले लक्ष्यको करिब करिब ५० प्रतिशत राजस्व उठाउन सफल हुँदा पूर्वधार विकासको नयाँ काममा खर्च गरिने पुँजीगत खर्च भने २० प्रतिशत पनि पुर्याउन सकेको छैन।
आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा मात्रै पुँजीगत खर्च अन्तर्गतको आधा खर्च हुने गरेकाले असारमा १० प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने व्यवस्था मिलाउने अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका थिए। त्यस्तै असारमा सबैभन्दा बढी खर्च हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा काम पनि अब गर्न रोक लगाइने र भुक्तानी पनि नगर्ने बताएका थिए।
तर अहिलेके गतिमा गयो भने नयाँ पूर्वधार विकासको लागि खर्च गरिने पुँजीगत खर्च ४० प्रतिशत पनि खर्च नहुने देखिएको छ। चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च जम्मा १७.१७ प्रतिशत मात्रै भएको छ। सरकारी आय-व्यको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार २९ पुससम्म जम्मा ५३ अर्ब ९० करोड रुपैयाँ खर्च खर्च भएको छ।
यही हिसाबले खर्च हुने र असारमा १० प्रतिशत खर्च हुने मात्रै काम भयो भने करिब एक खर्ब १० अर्ब रुपैयाँ खर्च हुने देखिएको छ। यो विनियोजन गरिएको बजेटको ३५ प्रतिशत मात्रै हुन आउँछ। सरकारले पुँजीगत खर्चतर्फ यस वर्ष तीन खर्ब १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै चालु खर्चतर्फ ३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। आठ खर्ब ४५ अर्ब ४४ करोड चालु खर्च राखिएकोमा आइतबारसम्म अर्थात् छ महिनाको अवधिमा दुई खर्ब ९५ अर्ब ६८ करोड रुपैयाँ खर्च गरेको छ। त्यस्तै वित्तीय व्यवस्थापन खर्च पनि १५ प्रतिशत मात्रै गरेको छ। एक खेब ५५ अर्बको वित्तीय व्यवस्थापन रकम विनियोजन गरिएकोमा २३ अर्ब पाँच करोड ४७ लाख रुपैयाँको मात्रै खर्च भएको छ।
राजस्व लक्ष्यको नजिक
सरकारले लक्ष्य अनुसारको राजस्वसमेत उठान नसकेको अवस्थामा छ महिनाको अवधिमा लक्ष्यको करिब ५० प्रतिशत बराबरको राजस्व उठाउने देखिएको छ। पुस महिना सकिने एक दिनअगावै संघीय सरकारको संशोधित राजस्व लक्ष्यको ४४ प्रतिशत राजस्व सरकारले उठाएको छ। एक दिनमा थप चार प्रतिशत राजस्व उठ्ने सक्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। पुस महिनामा मात्रै पाँच महिनाको अवधिमा सरकारले एक खर्ब ६८ अर्ब रुपैयाँको राजस्व उठाएकोमा पछिल्लो २९ दिनमा मात्रै दुई खर्ब चार अर्ब राजस्व उठाएको छ।
सरकारले अघिल्लो चार महिनामा विभाज्य कोषमा जाने रकम बाहेक एक खर्ब ६८ अर्बको राजस्व उठाएको छ। २९ पुससम्ममा विभाज्य रकम बाहेकको राजस्व तीन खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।
किन हुन सकेन खर्च
अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी लिएसँगै वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्ति हटाउने र समयमै बजेट खर्च गर्ने प्रतिबद्धता जनाएका थिए। तर छ महिनासम्म विगतको तुलनामा नयाँ परिपाटी सुरु गर्न सकेका छैनन्। विगतमा जस्तै सुरुवाती चार महिनामा काम कम हुन्छ भन्ने लाइनमा अर्थमन्त्री खतिवडा दखिसकेका छन्।
पूर्व अर्थमन्त्री डा.रामशरण महत भने कुन आयोजना कसले बनाउने भनेर स्पष्ट मापदण्ड बनाउन नसकेको कारण र सम्वन्वयन कम भएको कारण पुँजीगत खर्च हुन नसकेको आरोप लगाउँछन्। उनले कतिपय नयाँ आयोजना अध्ययनविना घोषणा गरिएको कारण पनि यो वर्ष पुँजीगत खर्च कम हुने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।