|

हाल भारतीय टिम अस्ट्रेलियामा रहेको छ। पहिलो खेलमा ३४ रनले पराजित भएको भारतका लागि पूर्व कप्तान महेन्द्रसिंह धोनीले रोहित शर्मापछि सर्वाधिक रन बनाएका थिए। तर पनि उनको अहिले आलोचना भइरहेको छ आखिर किन? पछिल्लो समय भारतीय क्रिकेटमा आउट अफ फर्ममाका बाबजुत टिममा रहेको भनेर आलोचना खेपेका धोनीले पहिलो खेलमा अर्धशतकीय इनिङ खेलेका थिए। तर उनले हतार गरेर रन बनाउँदा आउट भएको र टिम पराजित हुनुमा उनकै कारण रहेको जनाइएको छ।

भारत र अस्ट्रेलियाबीच मंगलबार तीनएक दिवसीय क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेल एडिलेडमा हुने छ। अस्ट्रेलियाको भूमिमा पहिलोपटक टेस्ट शृंखला २-१ ले जितेपछिको एक दिवसीय शृंखलाको पहिलो खेलमा भारतीय टोलीले राम्रो गर्न सकेन। सिड्नीमा भएको खेलमा भारतीय टोली बलियो थियो, तर मैदानमा उसले त्यस अनुसारको प्रदर्शन गर्न सकेन।

अस्ट्रेलियाले २८८ रनको लक्ष्य दियो र दुई नयाँ बलरको सहयोगमा भारतीय टिमलाई आफ्नो काबुमा राख्यो। मात्रै चार रन बनाउँदा नै शिखर धवन, कप्तान विराट कोहली र अम्बाती रायडूको विकेट गएको थियो। त्यसपछि रोहित शर्मा र महेन्द्र सिंह धोनीले चौथो विकेटका लागि १३७ रनको साझेदारी गरे। रोहित शर्माले १२९ बलमा १३३ रन बनाए। धोनीले ९६ बलमा ५१ रन बनाए। त्यसपछिका ब्याट्सम्यानले राम्रो गर्न सकेनन् र भारतीय टिम पराजित भयो।

पहिलो एक दिवसीयमा अर्धशतक बनाएर पनि धोनी अहिले फेरि आलोचनाले घेरिएका छन्। क्रिकेट समीक्षक अयाज मेमनका अनुसार चार रनमा तीन विकेट गएपछि रोहित शर्मा र धोनी सम्हालिएर नखेलेको भए शायद भारतीय टिम १०० रनमै सीमित हुने थियो। तर उनीमाथिको आरोप भनेको फेरि पनि टिटो आउट हुनु हो।

धोनी आउट भएका बेला भारतीय टिमलाई प्रति ओभर ७-८ रनरेट चाहिएको थियो। मेमनका अनुसार यो त्यति गाह्रो कुरा होइन। यसको अर्थ धोनीले झै तीव्र गतिमा नखेलुन् भन्ने थियो। तर उनी आक्रामक बने। उनले भने, ‘अबका दुई खेल तथा त्यसपछिको न्युजिल्याण्ड भ्रमणबाट यसको जवाफ मिल्नेछ। ऋषभ पन्त निकै खेलेर खेल्छन्। उनीमाथि कुनै दबाब छैन। उनी छैटौँ वा सातौँ नम्बरमा स्थान बनाउन सक्छन्।

अहिलेको क्रिकेटमा धोनीमा परिवर्तनको खाँचो छ, किनकि रन रेट चलन वा मापदण्डनै बनेको छ। यस्तो भएन भने टिमलाई नोक्सानी हुनेछ।’ अयाज मेमनका अनुसार अहिले टिममा रहेका मध्ये कप्तान विराट कोहली, रोहित शर्मा र तीव्र गतिका बलर जसप्रीत बुमराह बाहेक कुनै पनि खेलाडीको स्थान भावी टिमका लागि निश्चित छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.