|

काठमाडौंः नेपाल स्टक एक्सचेन्जले सोमबार भएको अपर तामाकोशी जलविद्युत आयोजनाको सेयर कारोबार रद्द गरेको छ। सोमबार अनलाइन सिस्टममा आएको गडबडीका कारण अपर तामाकोशीको सेयर रेन्जभन्दा बाहिर गएर कारोबार भएकाले कारोबार रद्द गरिएको नेप्सेले जनाएको छ। 

सोमबार तामाकोशीको सेयर ५० प्रतिशतसम्म बढाएर कारोबार भएको थियो। एक दिनमा कुनै पनि कम्पनीको सेयर १० प्रतिशतभन्दा माथि र दश प्रतिशत भन्दा तल कारोबार गर्न पाइँदैन। नेप्सेले एक विज्ञप्ति जारी गर्दै १० प्रतिशतभन्दा माथिको मुल्यमा भएको सबै कारोबार रद्द गरिने नेप्सेले जनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.