|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्लामा ११ किलोको माला लगाइएको छ। ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ को उद्घाटन गर्न परशुराम नगरपालिका ५ परी गाउँस्थित परशुराम धाममा पुगेका देउवालाई आयोजकले ११ किलोको माला लगाइ दिएको हो। साथै उनले परशुराम धार्मिक, पर्यटन महामहोत्सवको उद्घाटन समेत गरेका छन्।

सोमबार दिउँसो परशुराम धाममा पुगेको पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पानसमा बत्ती बालेर महामहोत्सवको उद्घाटन गरेका हुन्। परशुराम धामको धार्मिक तथा पर्यटकीय महत्वको प्रचार प्रसार तथा प्रवर्द्धनका लागि महामहोत्सव आयोजना गरिएको आयोजनक परशुराम नगरपालिकाका नगर प्रमुख तथा परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीमबहादुर साउदले जानकारी दिए।

चार धाममध्ये एक प्रमुख धामका रूपमा रहेको परशुराम क्षेत्रको पुरातात्विक धार्मिक महत्व तथा इतिहासबारे प्रचारप्रसार गरी प्रवर्द्धनमा टेवा पुर्‍याउन महोत्वसको आयोजना गर्न लागिएको उनको भनाइ छ। ‘यो देशकै ठूलो धार्मिक पवित्रा धार्मिकस्थल हो। यसलाई भगवान विष्णुको छैठौँ अवतारका रुपमा लिइन्छ।

भगवान परशुरामले यहीँ क्षेत्रमा तपस्या गरेको र यसै क्षेत्र उनीहरू पनि जन्म भएको पुराणमा उल्लेख छ’ नगरप्रमुख साउदले भने,‘यो ओझेलमा परेको क्षेत्रलाई पहिचान गर्नुका साथै परशुराम धाम क्षेत्रलाई साँकृतिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र यसको महत्वलाई देश विदेशमा चिनाउन महामहोत्वसको आयोजना गरेका हौँ।’ महामहोत्सवमा महास्नान, गंगा आरती, मकर महास्नान, योग बिज्ञान शिविर, नित्य पुजन, संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शन,दिवा कार्यक्रम, रात्री कार्यक्रमहरू प्रस्तुत हुने मुल आयोजकले जनाएको छ।

सबै तीर्थ पटक-पटक परशुराम एक पटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्व दर्शाउँछ। भगवानका दश अवतार मध्ये परशुराम अवतार भएको उक्त धाम डडेल्धुराको परशुराम नगरपालिका ५ महाकाली किनारमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.