|

ओखलढुंगा : उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले चम्पादेवी गाउँपालिकालाई माघ ६ गते पेसी तारिख दिएको छ। उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका माननीय न्यायाधीश बिदुरबिक्रम थापा र गणेशप्रसाद बरालको संयुक्त इजलासले गाउँपालिकालाई माघ ६ गतेको लागि पेसी तारिख तोकेको हो। 

उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा पुस २२ गते माननीय न्यायाधीश बिदुरबिक्रम थापाको एकल इजलासले गाउँपालिकालाई १५ दिनभित्र लिखित जवाफ मागेको थियो। ओखलढुुंगाको चम्पादेवी गाउँपालिकमा चुलिएको बिबाद अदालतसम्म आइपुगेपछि सोमबार भएको संयुक्त इजलासले आन्तरिम आदेशको छलफलका लागि माघ ६ गते पेसी तारेख तथा कर्मचारी नियुक्तसम्वन्धी सक्कल कागजातसहित सम्मानित अदालतमा हाजिर हुन आदेश जारी गरेको छ। 
गाउँपालिकाको अनियमतिताका विषयमा जिल्ला प्रसाशन कार्यालय ओखलढुंगाले अनुसन्धान जारी राखेको छ भने कर्मचारी नियुक्तिसम्वन्धी बिबाद अदालतसम्म पुगेको छ।

गाउँपालिकामा भएका अनियमतिताकाबिरुद्ध पुस १६ गते आन्दोलन रत पक्ष सत्तारुढ दल नेकपा चम्पादेवीले गाउँपालिकामा लगाएको तालाबन्दी खोलिए पनि प्रमुख जिल्ला अधिकारीको समन्वयमा भएको छलफलमा केही निष्कर्ष न निस्केपछि बिबाद अदालतसम्म पुगेको हो। जिल्ला प्रशासन कार्यालय ओखलढंगामा भएको छलफलमा केही निष्कर्ष ननिस्किएपछि चम्पादेवी ६ का स्थानीय तथा नेकपाका नेता कमलबहादुर खड्काले गाउँपालिकाको अनियमतिता र कर्मचारी भर्नाकाबिरुद्ध उच्च अदालतविराटनगर अस्थायी इजलास ओखलढुंगामा मुद्दा दर्ता गरेका थिए।

खड्काले पेस गरेको मुद्दाको विषयमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका माननीय न्यायाधीश बिदुरबिक्रम थापाको एकल इजलासले बिपक्षीहरूलाई बाटो म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनी पुस २२ गते आदेश जारी गरी दुबै पक्षबीच छलफल गराई अन्तरिम आदेशको टुंगोमा पुग्न उपयुक्त हुने देखिएको हुँदा पुस ३० गते छलफलको तारेखसम्म तोकेको थियो।

सोमबार भएको आदेशमा आन्तरिम आदेशको छलफलका लागि माघ ६ गते पेस तारेख तोकी बिबादित शिक्षक तथा कर्मचारी नियुक्तिसम्वन्धी सक्कल कागजातसहित पेसीका दिन सम्मानित अदालतमा हाजिर हुन आदेश गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.