|

झापा : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले अझै आवश्यक कानुन निर्माणको आवश्यकता रहेको बताएका छन्। 

मंगलबार झापाको गौरादहमा पत्राचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश संरचनाको ११ औं महिनाको अवधिमा प्रदेशलाई बलियो बनाउने, सुदृढ गर्ने र संविधानले प्रदान गरेका अधिकारलाई व्यवस्थापन गर्ने क्रममा २४ वटा कानुन निर्माण गरेर कार्यान्वयनको प्रक्रियामा बढेको बताएका हुन्। प्रदेश सरकारलाई आवश्यक पर्ने १२ वटा कानुन बनाउन बाँकी रहेकाले त्यसका लागि आन्तरिक तयारी उनले गरिसकेको बताए।

माघ महिनाको दोस्रो वा तेस्रो सातामा शुरु गरिने प्रदेश सभाबाट प्रदेश नाम र राजधानी तय गरिने बताए। सरकारले नीति कार्यक्रम बजेटमार्फत ल्याएका भौतिक संरचना निर्माण, सडक निर्माण, पुल कर्भट निर्माण, कृषि भूमि सुधार परियोजना अगाडि बढाउने र बजेट कार्यान्वयनतर्फ सरकार अगाडि बढेको बताएका छन्।

प्रहरी थप्ने तयारी

मन्त्री कार्कीले प्रदेश प्रहरी गठन, प्रहरी परिचालन गर्ने अधिकार प्रदेश सरकारको संवैधानिक अधिकार रहेको बताएका छन्। हालसम्म प्रदेश १ मा ११ हजार जनपथ प्रहरी रहेकोमा यसको संख्या बढाई १८ देखि १९ हजार प्रहरी आवश्यक रहेको उनको धारणा छ। जनताको जीउधनको सुरक्षाको प्रत्याभूति दिनको लागि १४ वटा जिल्ला र प्रदेश प्रहरी कार्यालय स्थापना गर्ने लक्ष्य रहेको बताए।

प्रहरी कार्यालयमा सवारी साधनको पहुँच पुर्‍याउनको लागि २०० थान मोटर साइकल वितरणको लागि टेन्डर आह्वान गरी सकिएको जानकारी गराउँदै उनले जिल्ला प्रहरीलाई प्रहरी भ्यानसमेत वितरण गरिने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.