तनहुँ : तनहुँको देवघाट गाउँपालिकास्थित देवघाटधाममा मेला हेर्न आएका एक युवक बेपत्ता भएका छन्। काली गण्डकी र त्रिशुली नदीको संगममा पौडी खेल्ने क्रममा भुमरीमा परेर गैडाकोट–८ का २४ वर्षीय चित्रबहादुर गुरुङ बेपत्ता भएका हुन्।
गुरुङको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। गुरुङको खोजी कार्य सशस्त्र प्रहरीको उद्दार टोल, प्रहरी, स्थानीय डुंगालगायतले खोजी गरिरहेको अर्यालले बताए। उनले भने ‘गुरुङ भरतपुरस्थित कान्तिपुर पब्लिकेशनको मेसिन अपरेटर पदमा कार्यरत रहेको कार्ड भेटिएको छ।’
देवघाटधाममा माघेसंक्रान्ति मेला भर्न आएका दर्शनार्थीको भिडले गर्दा गुरुङको खोजतलासमा समस्या परेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।