|

बैतडी : बैतडीमा मंगलबार एकयुवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा दोगडाकेदार १ कुम्तडीका ३४ वर्षीय देवराम भुल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए।

सोमबार राती स्थानीय खौलाबजारवाट घर फर्केका भुल मंगलबार बिहानसालीचौर नजिकै मृत अवस्थामा फेला परेका हुन्। मृतकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खबर पाएसँगै प्रहरी निरीक्षक बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

भुलले मादक पदार्थ सेवन गरेकाले भिरबाट लडेर मृत्यु भएको भएको हुनसक्ने प्रहरीले जनाएको छ। मृतकको शव परिक्षणका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ। मृतकका २ श्रीमती र ९ छोराछोरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.