|

जाजरकोट : मध्यपहाडी लोकमार्गमा वर्षेनी सास्ती भोग्दै आएका स्थानीयबासीले अवको तीस महिनाभित्र कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा कालोपत्रेको काम सुरु भएपछि यहाँका स्थानीयको सास्ती हट्ने भएको हो।

तीस महिना भित्र ३५ किलोमिटर सडकमा कालेपत्रे गरी सक्ने गरीे शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौंले कामको जिम्म लिएपछि अवको तीस महिनाभित्र मध्यपहाडी लोकमार्ग कालोपत्रे हुँने भएको हो। दैनिक यातायातका साधनहरू धकेल्दै, धुलाम्य बन्दै यात्रा गर्न वाध्य स्थानीय अव कामको सुरुवात सँगै खुसी भएको भेरी नगरपालिका जगतीपुरका सन्देश आचार्यले बताए। तोकिएको मितिमा कालोपत्रेको काम सक्ने गरी कामको गती बढाएको जेभीका प्रतिनिधि बिश्वास उप्रेतीले बताए। 

सडकको ७ मिटर चौडाई बनाएर कालोपत्रे गर्ने गरी सम्झौता भए अनुसार यूद्धस्तरमा काम भईरहेको उनको भनाई छ। उप्रेतीका अनुसार १७ किलो मिटरको दूरीमा रहेको कुदु-गिमासम्मम एक भाग  गरी काम सुरु गरिएको छ भने गीमा-छेडागाड नगरपालिकाको कार्कीगाउँ सम्म १८.५ किलोमिटरको अर्को भाग बनाइ एकै पटक काम सुरु भएको छ। पहिलो चरणमा ४९ करोड २६ लाखमा काम हुने छ भने अर्को भागमा ५० करोड ४७ लाखको काम हुने उप्रेतीले बताए।  

मध्य पहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा सडक ट्रयाक खाेलेर बीचमै छोडेको भन्दै यहाँका स्थानीयले पटक, पटक वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेत, जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल, सांसद गणेसप्रसाद सिंहलाई ज्ञापन पत्र बुझाउँदै आएका थिए। बन मन्त्री बस्नेतको प्रतिनिधिसभाको सदस्यको लागि उम्मेदवार हुँदा सडकको स्तरउन्नतिसँगै कालोपत्रे गर्ने चुनावी नारासमेत रहेको थियो।

प्रतिनिधिसभा चुनावमा जितेर मन्त्री भएको करिव वर्ष पुग्नै लाग्दा जाजरकोट खण्डको सडकमा कालोपत्रेको काम सुरु भएको छ भने सोही सडकमा ३३ केभि केन्द्रीय विद्युतको लाइन विस्तारको काम समेत भएको छ। पाँचथरको चिया भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म एकहजार ७७६ किलाेमिटर लम्बाई रहेको रहेको मध्य पहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ।

३५.५ किलोमिटरमा काम सुरु भएको र बाँकी सडकमा डिपिआरको काम सुरु भएको मध्यपहाडी लोकमार्ग दैलेख कार्यालयका प्रमुख डि नारायणप्रसाद निउरेले बताए। डिपीआर पुरा भएमा जाजरकोटको बाँकी खण्डको पनि यसैवर्ष टेण्डर गरी काम सुरु गर्ने बताए। मध्य पहाडी लोकमार्गको थलहमा रहेको छेडागाड खोलामा पुल निर्माणका लागि टेण्डर भइ, निर्माणको जिम्म पाएको निर्माण कम्पनीले केही दिनभित्र कामको सुरुवात गर्ने कार्यालयले जनाएको छ। यत्ता यो सडकमा कालोपत्रेको काम पूरा भएमा दैलेख जान एकदमै छोटो पर्ने गर्दछ।

मध्य पहाडीको काम सुरु भयो भन्दैमा कानमा तेल हालेर नबस्न सवैलाई जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए। भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले सडकमा गुणस्तर हुनुपर्ने भन्दै बेला, बेलामा अनुगमन जारी राखेको बताए। मध्य पहाडी लोकमार्ग स्तरउन्नति भएमा जिल्लाका भेरी नगरपालिका, छेडागाडनगरपालिका, शिबालय गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा यातायात सञ्चालनमा सहयोग पुग्नुका साथै सडक बिस्तारमा सजिलो हुने छ। सडक नहुँदा यहाँका भारी मात्रामा विकास, निर्माणका कामहरू अलपत्र पदै आएका छन्। भौतिक संरचना निर्माणका लागि आवश्यक सामग्री लिन समस्य हुँदा वर्षेनी म्याद थप्ने काम हुने गरेको छ। 

ठूला विद्युतका आयोजनादेखि भवण निर्माणका काम समेत प्रभावित भएका छन्। गाउँ गाउँमा विकास निर्माणका काममा ढुवानीको समस्य हुँदै आएको थियो।गाउँमा उत्पादित वस्तुले मुल्य बजार नपाउँदा अर्थ उपार्जनको बाटोमा अवरोध सिर्जना हुँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.