|

भद्रपुर, (झापा) : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगरमा सवारी दुर्घटनामा परी एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा मेचीनगर ७ निवासी ४५ वर्षीय डेनी जोन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। मृतक जोन चिया मजदुर हुन्। प्रहरीका अनुसार मंगलबार साँझ मेचीनगर नगरपालिका ६ स्थित पालिया खोला नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ४३९३ नम्बरको तेलको ट्यांकरले पैदलयात्री जोनलाई ठ्क्कर दिएको थियो।

टयांकरको ठक्करबाट सडकमा लडेका जोनलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २६५२ नम्बरको यात्रुबाहक बसले थप पेलेपछि उनको घटनास्थलमै प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। यता ठक्कर दिने ट्याकंरसहित चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ भने यात्रुबाहक बससहित चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.