|
File Photo

काठमाडौं : अनशनरत प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली इलाम प्रस्तान गरेको छ। प्रतिष्ठानका सहायक निर्देशक डा विकास साहको नेतृत्वमा ६ सदस्यीय विशेषज्ञ टोली इलाम प्रस्तान गरेको हो।

चिकित्सा शिक्षा विधेयक आफूसँग भएका सहमतिअनुसार पारित नगरेको भन्दै डा केसीले आठ दिनअघि आफ्नो १६औँ अनशन सुरु गरेका हुन्। लामो समयको अनशनका कारण उनको स्वास्थ्यमा जटिल समस्या देखा परेको उनको निगरानीमा रहेका डाक्टरहरूले जनाएका छन्। अहिले उनलाई इलामस्थित जिल्ला अस्पतालमा चिकित्सकहरूको निगरानीमा राखिएको छ। चिकित्सकहरूका अनुसार उनको रगनमा चिनीको मात्रमा कमी, मुटुको धड्कन अनियन्त्रित हुनुका साथै निमोनियाको संक्रमण देखिएको छ।

मंगलबार नै इलाम प्रस्तान गर्ने बताइएता पनि मन्त्रालयले निर्देशन नदिँदा विशेषज्ञ टोली रोकिएको थियो। बुधबार इलाम प्रस्तान गरेको टोलीमा प्रतिष्ठानका सहायक निर्देशक साहसहित मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाह, जेनेरल फिजिसियन डा. अजय यादव, एनेस्थेसियायोलोजी डा. सविन भण्डरी, ल्याव टेक्निसियन जितेन्द्र यादव र आइसियु नर्स निर्मला बस्नेत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.