काठमाडौं : प्रधान सेनापति पूर्णचन्द्र थापा आफ्नो औपचारिक भारत भ्रमण सकेर नेपाल फर्किएका छन्। उनले औपचारिक पोसाकको जंगी क्याप भारतमै छोडेर आएपछि त्रिभुवन विमानस्थलमा हंगामा मच्चिएको छ। उनले क्याप भारतमै छाडेर आएपछि उनको स्वागत कार्यक्रमसमेत केहीबेर प्रभावित भएको थियो।
उनले औपचारिक ट्युनिक पोसाकको फरेज क्याप भारतमै बिर्सिएर आएका हुन्। औपचारिक पोसाकको क्याप बिर्सिएर आएका थापा विमानस्थलमा आफ्नो स्वागत तथा सलामी हुँदै गर्दा कार्यालय पोसाकमा देखिए।
उनी सैनिक मुख्यालयमा भएको सलामीमा भने औपचारिक पोसाकमै देखिएका थिए। सैनिक निर्देशनालयले पठाएको तस्बिरमा उनी कार्यालय पोसाकमा देखिन्छन्। उनले चुस्ता लगाएका छन्। सामान्यतया यस्तो ठाउँमा औपचारिक पोसाक प्रयोग हुन्छ। उनले क्याप बिर्सिएर आएकाले यस्तो पोसाकमा सलामी भएको एक सैनिक अधिकारीले बताए।
सेनापति थापाको स्वागत गर्न पुगेका बलाधिकृत रथी हेमन्तराज कुँवर भने औपचारिक पोसाकमै थिए। पुस २७ गते भारत गएका प्रधानसेनापति बुधबार फर्किएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।