|
फाइल फोटो

चितवन (माडी) : उर्जामन्त्री जनार्दन शर्माले यसअघि देशमा चर्को लोडसेडिङ हुनाको कारण छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

चितवनको माडीमा नेपाल विद्युत प्राधिकरणको ३३/११ के.भी. प्रसारण लाइन उद्घाटनपछि मन्त्री शर्माले गत वर्ष राजधानी लगायत देशभर १४ घण्टा लोडसेडिङ हुनुको कारण आफूले पत्ता लगाइसकेको दावी गरेका हुन्। “त्यसबारे अहिले म धेरै भन्न चाहन्न, चाँडै नै आधिकारिक विवरण सार्वजनिक गर्छु” उर्जामन्त्री शर्माले भने “ जनतालाई १४ घण्टा विजुलीविहीन बनाएर राखेको भए मैले पनि करोडौं कमाउँथे हुँला तर म त्यस्तो अभियानमा लाग्दिन।”

मन्त्री शर्माले यसअघि विद्युत प्राधिकरणका उच्च तहका कर्मचारी सरुवा गर्दा ४० लाखसम्म असुल्ने गरिएको जानकारी आफुले पाएको समेत बताए। “घुसखोरी र आर्थिक चलखेलका कारण विगतमा सिङ्गै मुलुकलाई अन्धकारमा राख्ने गरिएको रहेछ” उर्जामन्त्री शर्माले भने “ मैले त्यो प्रथालाई अन्त्य गरेको कारण नै अहिले लोडसेडिङ घटाउन सकिएको हो।”

कुलेखानी रित्याएर लोडसेडिङ हटाएको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै मन्त्री शर्माले त्यसको खण्डन गरे। “म आएपछि बरु कुलेखानी बन्द गरेको छु, चलाएको होइन” मन्त्री शर्माले भने “एकदमै पिक आवरमा दैनिक ४५ मिनेट जति मात्र चलाइएको छ, त्यसले केही फरक पर्दैन।” लोड व्यवस्थापन सही ढंगले गरिएको कारण लोडसेडिङ राजधानी र आसपासका शहरहरुमा लोडसेडिङ अन्त्य गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • तपाईको कामको लागि सलाम गर्छौ। बिगतमा जो जस्ले लाखौ नेपाली हरुलाई अन्धकारमा राखे उनिहरुलाई कडा भन्दा कडा कार्बाही होस।जस्ले जे जति घोटाला गरेकाछन त्यो पनि असुली होस।सफल कार्यकालको शुभ कामना।

  • जति लुट्नु १० वर्षा मा लुटौ अब कति लुटछौ जतनता लाटा छैनन्