|

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको सुदिश निरौला साहित्यिक पुरस्कार यस वर्षका लागि साहित्यकार महेश पौड्याललाई प्रदान गरिएको छ। आइतबार विराटनगरमा आयोजित एक विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार दधिराज सुवेदीले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पुुुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ!

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त समारोहमा साहित्यकार भूषण ढुंगेलले स्रस्टा पौड्यालको परिचय प्रस्तुत गरेका थिए भने साहित्यकार भेषराज पोखरेलले स्वर्गीय सुदिश निरौलाको व्यक्तित्वबारे प्रकाश पारेका थिए। पुरस्कार संस्थापकको तर्फबाट सुदीप निरौला ट्रस्टका अध्यक्ष टेकमाया निरौला एवं कमल सुवेदीले बोलेको थियो। कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिव मीनकुमार नबोदितले गरेका थिए।

सो कार्यक्रममा साहित्यकारहरू कविराज न्यौपाने, लक्ष्मी उप्रेती, गंगा सुवेदी, सीमा आभास, सुमन पोखरेल, हेमन यात्री, बद्री भीखारी, बलराम पोखरेल, सन्तोष थेबे, बिराट अनुपम, मधु पोखरेल, लोचन रिजाल, रमाप्रसाद रिजाल, देवान किराँतीलगायत एक सय भन्दा ज्यादा साहित्यकार एवं साहित्यप्रेमीहरूको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.