बारा : जारी सिमरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेशका लागि हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दैछन्। खेल सोमबार दिउँसो साढे २ बजे सिमरा रंगशालामा हुनेछ।
विजेताले फाइनल प्रवेशका लागि संकटा र थ्रीस्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि हिजो भएको खेलमा विभागीय टिम नेपाल आर्मीले अर्को विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
प्रतियोगिताको फाइनल माघ १२ गते हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।