|

मनाङ : सदरमुकाम चामेसँगै माथिल्लो मनाङको हुम्डे, खांङसारलगायत क्षेत्रमा मंगलवार अपराह्नदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन।  निरन्तर हिउँ पर्दा तीन फिटभन्दा बढी जमेको प्रमुख जिल्ला अधिकारी  रुद्रनाथ देवकोटाले बताए।

हिमपातसँगै बढेको चिसोका कारण मानिसहरु घरबाहिर निस्कन नसकेको प्रजिअ देवकोटाले बताए। बुधबार हिमपात भइरहे पनि बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद वरुण पौडेलले बताए। उनका अनुसार बिहीबार र शुक्रबार सधार भए पनि शनिबारदेखि पुनः मौसममा खराबी आउने छ। पश्चिमी वायुको कारण मौसममा खराबी आएको  मौसमविद पौडेलले  जानकारी दिए।

चिसोका कारण जनजीवनमा विपद नआओस् भनी पूर्वतयारी गरेको प्रजिअ देवकोटाको भनाइ छ। यस वर्ष बेलैमा हिमपात भएकाले किसानहरु हर्षित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.