|

काठमाडौं : यस वर्षको उत्कृष्ट वर्ष खेलाडीमा एपिएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धर्म बहादुर भट्ट घोषित भएका छन्। उत्कृष्ट खेलाडीहरूलाई समान २५ र २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकको महिलामा एपीएफका ज्ञानेन्द्र विष्ट, पुरुषमा आर्मीका कपिल किशोर श्रेष्ठ उत्कृष्टमा चुनिएका छन्। उनीहरू दुवैले जनही २५/२५ हजार नगद प्राप्त गरे। यस्तै महिलातर्फ आर्मीकी निरुता ठगुन्ना र पुरुषमा एपीएफका विनोदबहादुर चन्द उदयमान खेलाडी घोषित भए। उनीहरुले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे।

महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी उत्कृष्ट टिम घोषित भए। उत्कृष्ट टिम एपीएफ र आर्मीले समान १र१ लाख प्राप्त गर्यो। विजेता खेलाडीहरुलाई संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतले पुरस्कृत गरे। कार्यक्रममा संघले भलिबललाई सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तित्वहरुलाई सम्मानसमेत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.