|

बुटवल : गजलकार भोजराज घिमिरेको छन्दरबहरबद्ध गजलकृति निर्बन्ध आकाशमाथि बुटवलमा विमर्श गरिएको छ। शनिबार गजल सागर नेपाल र अन्तर्राष्ट्रिय नेपाली गजल मंचको आयोजनामा भएको कार्यक्रममा साहित्यकारद्वय रमेश समर्थन र रुद्र ज्ञवालीले उक्त पुस्तकमाथि टिप्पणी गरे।

समर्थनले पुस्तकबारे समीक्षा गर्दै नेपाली गजल परिष्कारको चरणमा रहेको र गजलको आधारभूत शास्त्रीयताको खोजी भइरहेको बताए। यसै अभियानको पछिल्लो उपलब्धि निर्बन्ध आकाश भएको उनको भनाइ थियो१ समर्थनले गजलकार भोजराज घिमिरेले उक्त पुस्तक लेखनका लागि गरेको साधना प्रशंसायोग्य रहेको र १११ बढी छन्दरबहरमा २०० बढी गजल रचना गरेर चुनौतीपूर्ण कार्य गरेको बताए।

उनले छन्दरबहरमा गजल रचना गर्नु गाह्रो काम भएको बताउँदै यस पुस्तकका गजलमा अझै परिष्कारको खाँचो रहेको औँल्याए। साहित्यकार रुद्र ज्ञवालीले निर्बन्ध आकाश सबैभन्दा धेरै छन्दरबहरको प्रयोग गरेर लेखिएको गजलकृति भएको उल्लेख गर्दै उक्त पुस्तकमा छन्दरबहरका सूत्र तथा यति र गतिको व्यवस्था पनि उल्लेख गरिएकाले नवसर्जक र छन्दरबहरमा गजल लेख्न चाहनेका लागि गुरुपुस्तक हुनसक्ने धारणा राखे।

परिष्कार र परिमार्जन निरन्तर प्रक्रिया भएको बताउँदै ज्ञवालीले पछिल्लो समय नेपाली गजलमा केही अराजक प्रवृत्ति देखिएको र त्यसलाई निस्तेज गर्न पनि अब गजल परिष्कारलाई नवसर्जकले समेत तीब्र पार्नुपर्ने सुझाव दिए। अन्तर्राष्ट्रिय नेपाली गजल मंचका अध्यक्ष गजलकार, समालोचक घनेन्द्र ओझाले लयविहीन गजल हुनै नसक्ने र गजलको लय शास्त्रीय छन्दरबहर नै भएको धारणा राख्दै जीवनको उत्तरार्द्धमा आएर छन्दरबहर सिकेर साधना गर्नु र पुस्तक नै तयार पार्नु घिमिरेको अत्यन्तै प्रशंसायोग्य पक्ष रहेको बताए।

गजल सागर नेपालका अध्यक्ष मीन रानाले अबको गजल लयबद्ध हुनै पर्ने र आधारभूत शास्त्रीय नियममा बाँधिनै पर्ने धारणा राखे भने महासचिव कृष्ण गाउँलेले अबको पुस्ताले गजलको आधारभूत ज्ञान लिएर मात्र गजल लेख्दा राम्रो हुने बताए। गजलकार बूँद रानाले आफूले २०२२ सालदेखि गजल भनेर लेखिरहे पनि अझै साधनारत रहेको बताउँदै नेपाली गजललाई अझै सुन्दर र सशक्त बनाउन सबैले पहल गर्नुपर्ने बताए। साधना र अध्ययनले सिर्जना परिष्कृत हुने रानाको भनाइ थियो।

पुस्तक कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.