|

गुल्मी : गुल्मीको  धार्मिक  तथा पर्यटकीय तथा स्थल रेसुंगामा हिउँ परेको छ । शुक्रबारदेखि परेको पानीका कारण रेसुंगामा हिउँ परेको थियो। सोमबार फेरि पानी परेपछि बाक्लो हिउँ परेको छ।

हिउँपरेपछि मंगलबार बिहानैदेखि रेसुंगामा हिउँमा खेल्न र रमाउन जानेको संख्या अत्यधिक भएको छ। १२ बर्ष पहिले रेसुंगामा हिउँ परेको थियो। धेरै समयको अन्तरालमा हिउँ परेपछि हिउँमा खेल्न तथा रमाउन र हिउँ देख्नका लागि रेसुंगा जानेको संख्या अत्यधिक रहेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए। 

पानी र हिउँ परेपछि किसानलाई पनि राहत मिलेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख सनबहादुर रानाले जानकारी दिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.