प्रभावकारी कदमको खोजी

|

काठमाडौं : बैंकको व्याजदर वृद्धिलगायत विषयमा जिल्ला जिल्लाबाट उद्योगी व्यवसायी आन्दोलनमा उत्रिरहेको बेला छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ आपसी किचलोमा परेको छ।  देशभरका उद्योगी व्यवसायीका साझा संस्थाले संचालन गर्नै कार्यक्रममा पनि अनियमितता भएको भन्दै संस्थाका जिम्मेवार अधिकारीले राजीनामा दिएका छन्। संस्थाले आर्थिक रुपमा संचालन गर्ने काममा सक्रिय भूमिका खेल्ने कोषाध्यक्षले नै राजीनामा दिएपछि जिम्मेवारीमा विश्‍वास नगरिएको वा जिम्मेवारी पूरा गर्न नदिएको भन्ने जस्ता प्रश्‍नहरू देखिएका छन्। यसै विषयमा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानसँग भागवत भट्टराईले गरेको कुराकानी:

संस्थाभित्र आर्थिक अनियमिताको कुरा उठाएको नाममा कोषाध्यक्षलाई राजीनामा दिन बाध्य बनाउनु भएछ त?

संस्थाभित्र राजीनामा दिने तथा नियुक्त गरिने जस्ता कामहरू नियमित प्रकियाका कामहरू हुन्। राजीनामाको विषयलाई अनावश्‍यक भ्रम छर्ने काम मात्रै गरिएको छ।

तर संस्था भित्र आर्थिक पारदर्शिताको कुरा गर्दा राजीनामा दिनु पर्ने कुरा आउनु त स्वभाविक भएन नि हैन र?

कुरा कसले गर्‍यो भन्‍ने हुन्छ। संस्थाभित्रको सुशासन कायम गर्ने काम संस्था भित्रबाट नै हुन्छ। कोषाध्यक्ष जस्तो व्यक्तिले आफूलाईनै उठ्न सक्ने प्रश्‍नको विषयमा संस्थाभित्र केही कुरा नगरी बाहिर ल्याउन भयो र के हो भनि प्रष्ट हुनको लागि प्रश्‍न सोध्दा नाजवाफ हुनु भएको हो। त्यसैले राजीनामा दिनु परेको हो। उहाँले आफूले पाएको हैसियतालाई बिर्सेर बजामा भरम छर्नको लागि बाहिर कुरा ल्याउनु भएको हो र आफै पर्नुभयो। प्रष्ट हुन खोज्दा जवाफ दिन सक्नुभएन। अर्को कुरा उहाँमा थप अविस्वासको प्रस्ताव पनि आउँदै थियो। त्यसैले अविस्वास आउनुभन्दा पहिले राजीमान दिनु भएको हो।

अविश्वासको प्रस्ताव पनि उद्यम केन्द्रम अनियमिता भएको विषय बाहिर ल्याएको भनेर हो ?

यो अनियमिता हो वा हैन भन्ने कुरा अहिलेसम्म भन्न सकिँदैन। चार पाँच वर्षदेखिको जिल्को विल फर्छ्यौट हुन बाँकी रहेको हो। हामीले बजारमा भ्रम छररे जसले जे गर्दा पनि हुन्छ भन्ने अवस्थाबाट अघि बढ्यौँ।

उहाँले कृषि उद्यम केन्द्रका कुरा बारम्बार बाहिर भन्नु भएछ तर म पनि पदाधिकारी छु दर्जनौ पटक बैठक भयो आफ्नो क्षेत्रको विषयमा उहाँले किन कुरा उठाउनु भएन? पदाधिकारीको मिटिङ र कार्यसमितिको मिटिङमा एक पटक पनि कुरा नगर्ने तर बाहिर बेरूजुलाई भ्रष्टचार भन्ने कुरा कति सुहाउने विषय हो? अनि त्यस्तो समस्या देखिएपछि उहाँले के कति काम गर्न खोज्नु भयो र कहाँ अवरोध भयो भन्ने कुरा पनि त आउला नि। उहाँले गरेको सबै उचित राजीनामा दिएको अनुचित भन्ने हुँदैन। राजीनामा उहाँले बाध्य भएर दिनु भएको हो। उहाँले गरेको काम चित्त बुझ्दो नभएपछि कार्यसमितिबाट अविस्वास आएको हो।

कृषि उद्यम केन्द्रबाट एक गाउँ एक उत्पादनको कार्यक्रम गरिएको छ। तपाईहरू भित्रको अनुशासनको कुरा रहे पनि राज्यको ठूलो रकम विनीयोजन भएको विषयमा चासो हुनु त स्वभाविक हो नि त ?

कुरा आउनु स्वभाविक हो। तर त्यसको समfधान गर्ने  को हो त? जिम्मेवार व्यक्ति आफ्नो जिम्मेवारीबाट पन्छने र बाहिर भ्रम छर्ने कामले कति संस्थाको मर्यादा राख्छ भन्ने कुरा हुन्छ। मेरो जिल्ला, नगर उद्योग वाणिज्य संघ हेर्ने जिम्मेवारी हो। त्यहाँ आउने समस्याको विषय मैले बोर्डमा लगेर समधान गर्ने हो तर आर्थिक विषयमा त कोषाध्यक्षले बोर्डमा लैजानु पर्ने होला नि। उहाँको कामको विषयमा हाम्रा पूर्वमेची देखि पश्‍चिम महकालीसम्मका साथिहरूले सोचविचार पुर्‍याएर नै प्रश्‍न उठाएको हो।

लामोसमयदेखि विल फर्छ्यौट नभएको भन्नु भएको छ । कोषाध्यक्षले ११ अर्बको विल फर्छ्यौट गरेँ अरु गर्न सकिएन त्यसमा केही कुरा बाहिर आएहोला त्यसै विषयलाई लिएर राजीनामा दिन बाध्य बनाइयो भन्नु भएको छ नि?

उहाँले हुँदै नभएको कुरा गर्नु भएको छ। अडिट भएको छैन। रकम अनियमितता हुने कुरा आउँदैन। किनकी कुनै पनि कार्यक्रमको लागि नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सभापतिको हस्ताक्षेर मात्रै हैन सम्वन्धित मन्त्रालयको सहसचिवको साइन पनि चाहिन्छ। यहाँबाट रकम पठाएपछि जिल्ला उद्योग  वाणिज्य महासंघ र जिल्लाको सरकारी अधिकारीले हस्ताक्षर गरेर काम गर्ने हो। अडिटमा ढिलाइ हुनु समस्या रहला तर त्यो भ्रष्टचार भएको भन्ने हैन। भ्रम भने भ्रषटचार भएको भनेर छरिएको छ।  

अहिले बाहिर कुरा आएपनि विगतका कुरा भित्र मिलाइन्थ्यो भन्ने कुरा पनि आयो। अब यो कार्यक्रमको प्रभावकारीता कति देख्नु हुन्छ?

काम गर्दा कहिले नतिजा राम्रो आउँछ। कहिले आउँदैन। कुनै क्षेत्रमा काम राम्रो भएको हुनसक्छ। कहीँ नभएको पनि हुनसक्छ। सरकारले देशभर निर्माणको काम जिम्मा दिँदा सबैलाई एक प्रकारबाट नियमन गर्न सकेको छ कि छैन भन्दा सकेको छैन। तर केही काम राम्रा पनि भएका छन्। त्यस्तै हो। राम्रो काम गर्नु पर्छ प्रभावकारी बनाउनु पर्छ भन्ने मेरो कुरा हो।

अहिले देभरका उद्योगी व्यवसायी बैंकको व्याजदर वृद्धिको विषयलाई लिएर आन्दोलनमा छन्, महासंघले कस्तो भूमिका खेलेको छ?

मोरङ व्यापार र उद्योग संघले आन्दोलन गरिरहेका छन्। महासंघको तर्फबाट पनि  पटक पटक ध्यानकर्षण गराइएको छ। भोलिको दिनमा उद्योगीको साँचो सरकारलाई बुझाउनु पर्ने दिन नआओस् भनेर हामीले ध्यानकर्षण गराएका हौँ।

बैंकरहरू राष्ट्र बैंकको निर्देशनसम्म पालन गर्न तयार छैनन्। यसले राम्रो गर्दैन। हामी आन्दोलनमा जान बाध्य भएका छौँ। जहिलेसम्म सरकारले सम्बोधन गर्दैन तबसम्मआन्दोलन हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.