|

चितवन : पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानका बारेमा धेरै गुनासो गर्नुको औचित्य नभएको बताएका छन्। पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई बिहीबार चितवनमा सम्बोधन गर्दै प्रचण्डले संविधानमा धेरै सकारात्मक र प्रगतिशिल कुराहरु राखिएको भन्दै धेरै गुनासो गर्नुको औचित्य नभएको बताएका हुन्।

संविधानमा धेरै सकरात्मक, प्रगतिशीत र धेरै लोकतान्त्रीक कुराहरु राखिएको भन्दै प्रचण्डले समानता, समावेसिता र समानुपातिकताका धेरै कुराहरु समावेस गरीएकाले अब गुनासोभन्दा पनि भएका उपलव्धीलाई प्रभावकारी कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए। ऐन बनाउने प्रक्रिया पनि क्रमस अघी बढेकाले संविधान र कानुनमा व्यवस्था भएका लोकतान्त्रीक प्रावधानलाई कार्यान्वयन र आवश्यक बुदाहरु क्रमस संसोधन गर्दै जानु नै अहिलेको मुख्य आवश्यक्ता भएको प्रचण्डले बताए।

लामो संघर्ष र ठुलो बलिदानीबाट संविधानमा महिला ससक्तिकरण, विभेदमा पारीएका वर्ग, समुदायको हकअधिार लगायतका विषयलाई हिजोको राज्यले गरेको विभेदको क्षतिपुर्ति स्वरुप प्रगतिसिल व्यवस्था राखिएको भन्दै प्रचण्डले यो भएन त्यो भएन भन्नुभन्दा परिवर्तलाई संस्थागत गर्न आ-आफ्नो स्थानबाट भुमिका खेल्नुपर्नेमा जोड दिए।

महिलाहरु अगाडि बढ्दै जाँदा समाजमा रहेका विक्रिती विसंगति, कुरीतीको अन्त्य हुँदै जाने भएकाले समाजका हरेक क्षेत्रमा महिलाको नेतृत्व आवश्यक रहेको प्रचण्डले बताए। नेतृत्वमा समान सहभागीताका लागी आरक्षणले महत्वपुर्ण सहयोग पुगे पनि यसलाई कालान्तरसम्म निरन्तरता दिन स्वयम व्यक्ति योग्य हुनुपर्ने प्रचण्डको भनाई छ। समाजका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्दै गएकाले यसलाई महिला मुक्ती आन्दोलनको सफलताको रुपमा लिदैँ राष्टिय एकता र समृद्ध नेपालको सपना पुरा गर्ने अभियानमा जुट्न उनले सवैलाई आग्रह पनि गरे।

चितवनमा बन्ने अन्तराष्टिय क्रिकेट रंगसालाले सिंगो मुलुकको परिचय दिने भन्दै प्रचण्डले अब विकासको गति तिब्र अघि बढेको उल्लेख गरे। उनले देशको महत्वपुर्ण १०० गन्तव्यमा पर्न सफल भरतपुर २२ को पटिहानीलाई महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि जनाएका छन।

यस्तै महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले समाजमा अझै पनि महिलामाथि विभिन्न किसीमका विभेद कायम रहेको बताए। उनले संविधानमा महिलाको हक अधिकार कायम गरी महिलामाथि हुने हिंसाविरुद्ध कडा कानुनी व्यवस्था हुँदाहुँदै पनि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएकाले यसका विरुद्ध एकजुट भएर लड्न आग्रह गरिन्।

संविधानमा उल्लेख गरीएका महिलाका हक अधिकारका बारेमा जानकारी गराउन पत्रकार महिलाले भुमिका खेल्नुपर्नेमा मन्त्री थापाले जोड दिए। उनले महिलाहरुलाई अघि बढाउन आर्थिक ससक्तिकरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन। अहिले धेरै समयपछि स्थाई सरकार बनेकाले यसलाइ मुलुक निर्माणको सुनौलो अवसरका रुपमा लिनुपर्ने उल्लेख गरे।

कर्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतो लगायतले मन्तव्य राखेका थिए। 

चितवनको पर्यटकिय क्षेत्र पटिहानीमा भएको सम्मेलनमा देशभरका २ सय बढी पत्रकार महिलाको सहभागीता रहेको छ। प्रचण्डले पत्रकार महिलाको फोटो खिचेर सम्मेलनको उद्घाटन गरेका थिए। कार्यक्रममा अग्रज पत्रकार महिलालाई सम्मान समेत गरिएको थियो। सम्मेलनले नेपाली पत्रकार महिलाहरुको वर्तमान अवस्था, चुनौति, समस्या र समाधानका उपाय लगायतका विभिद विषयमा छलफल गरी चितवन घोषणा पत्र घोषणा पत्र जारी गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.