|

जुम्ला : सम्वन्धित महिलाको मन्जुरीबिना वा अन्य कुनै कारणवाट गर्भ रहन गएमा १२ हप्ता सम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार २०६० को स्वास्थ्य नीतिले सम्वन्धित महिलालाई दिएको छ। तर पछिल्लो समयमा मेडिकलमा गएर  एर्भसन गराउने महिलाको संख्या भने बढदै गएको चिकित्सकले बताएका छन्।

चिकित्सकको परामर्शमा ९ हप्ता सम्मको गर्भ पतन गराउँदा औषधिको माध्यमवाट गराउन सक्ने कानुनी व्यवस्था रहेको छ। प्रजनन् स्वास्थ्य ऐन २०७४ प्रस्तावित नाम रहेको उक्त विधेयकमा प्रजनन् अवस्था, सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहारसम्वन्धी व्यवस्था, प्रसूति सेवा व्यवस्था, सुरक्षित गर्भपतन सेवा, प्रजनन् स्वास्थ्य अधिकार, प्रजनन् स्वास्थ्य अधिकारलगायत प्रजनन् स्वास्थ्य सम्वन्धित सम्पूर्ण विषयको बारेमा स्पष्ट लेखिएको छ। कानुनी रुपमा १२ सातासम्मको गर्भपतन गर्न पाउने व्यवस्था भएपनि जुम्लामा असुरक्षित गर्भपतन गराउनेको संख्या दिनानुदिन बढ्दै गएको छ।

नेपालको वर्तमान कानुन तथा ऐनले तीनमहिना अर्थात् १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि जुम्लामा आफ्नो ज्यानलाई जोखिममा राखेर गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको हो। गर्भपतन गर्दा हुने असरको जानकारी हुँदा पनि जुम्लामा गर्भपतन गराउनेको संख्या बढ्नुमा अशिक्षा, अवैध याैन सम्पर्क र पुरुष शिक्षित हुँदा पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने समेत गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी अनमी कमला बुढाले बताइन्। उनले  भनिन्, 'मेडिकलबाट लिएर औषधि खाएर गर्भपतन गर्ने र औषधिको असरले उच्च रक्र श्राव हुँदा हुँदैे यस्तो जटिल समस्या लिएर महिला अस्पतालमा उपचारको लागि आउने गरेका छन्। सवैलाई थाहा छ गर्भपतन गराउँन हुँदैन भनेर।' 

नेपाल जस्तो पितृ सत्तात्मक देश भएकोले छोराको चाहाना, गरिवी अशिक्षा र अवैध सम्वन्ध काराण्ले जुम्लामा गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको चिकित्सकले बताएका छन्। चार पाँच छोरी जन्मि सक्दा पनि छोरा जन्माउने आशमा एउटै महिला श्रीमानको दबाबले बारम्वार गर्भवतन गराउने गरेको जुम्लाका महिला स्वास्थ्यस्वयम सेविकाले बताएका छन्। उनीहरूका अनुसार हाम्रो समाजमा मरिसकेपछि स्वर्गकार् बासका लागि छोराले पिण्ड दान नगरेसम्म स्वर्गमा बास हुँदैन भने धार्मिक विश्वासको कारणले पनि धेरै छोरी जन्मिँदा छोराको आशमा गर्भपतन गराउने प्रमुख कारक तत्व रहेको पाइएको छ।

गत वर्षमा औषधि प्रयोग  गरेर ५५ जना  र औजार प्रयोग गरेर ४४ जना गरी ९९ जनाले सरक्षित गर्भपतन  गरेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको  तथ्यांक छ। प्रतिष्ठानमा कार्यारत्त धनलक्ष्मी महतका अनुसार यस वर्षमा गर्भपतन गर्नेको संख्या झण्डै दुई गुण बढी छ।' उनले भनिन्, 'यस आर्थिक वर्षमा तथ्यांक हेर्दा कर्तिक, मंसिर र पुस महिना गरी तीन महिनाको अवधिमै गर्भपतन गर्नेको संख्या २० पसगेको छ।' उनकाअनुसार जुम्लामा महिला भन्दा पनि १४ देखि २२ वर्ष उमेर समूहका अबिवाहित किशोरी बढी रहेका छन्। अवैध रुपमा यौनसम्पर्कका कारण चेकजाँचबिना नै औषधि खाने र पछि रत्तश्राप भएर वोहोस अवस्थामा अस्पताल गउने गरेको उनको भनाइ छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गर्भपतन गराउने महिलालाई गर्भपतन गराउँदा हुने असरको बारेमा जनकारी समेत दिने दिदैआएको छ। एउटा मानिसले जस्तै गर्भमा रहेको भ्रमणले पनि बाच्न पाउने अधिकार हो। तर नेपाल सरकारले पछिल्लो समयमा गर्भपतनलाई कानुनी मान्यता दिएसँगै यता जुम्लामा अवैध  योन समवन्ध राख्ने र अविवाहितले पनि गर्भपतन गराउने गरेको तथ्यमा पाइएको छ। 

गर्भपतन गराई सके पछि स्वास्थ्यमा हुन आउने असर लामो समयमा रक्त श्राव हुनुका साथै ज्यान नै जान सक्छ, पाठेघरमा क्यान्सर हुने, महिलामा बाँझोपन देखा पर्ने, कमजोरी हुने र मानसिक असन्तुलन हने र आफुले हत्या गरेको महशुस जीवन भर हुने भएकोले गर्भपतन गर्नु भन्दा गर्भ रहन नदिनका लागि अघि नै सजकता अपनाउनु उपयुक्त हुने तिलागाउँपालिका ३ की स्वाथ्यसेविका सम्झना नेपालीले बताइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.