|

काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा. सायमीले ६१ वर्षको अनुभव संगालेर लेखेको आत्मवृतान्त सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री ओलीले सायमीको उक्त कृति साना झ्याल भएको आँखीझ्याल रहेको बताए। कृतिमा सायमीले आफ्नो सिंगो जीवन अटाउन नसकेको समेत स्पष्ट पारे। हरेक मान्छेको जीवनमा अध्यारो,उज्यालो दुवै हुने भए पनि सायमीको कृतिमा उज्यालो पक्षको मात्र लेखिएको उनले बताए। नेपाली साहित्यमा आत्मवृत्तान्त लेख्ने होडबाजी चलेको भए पनि प्रभावकारी रूपमा लेख्न नसकेको उनकोआरोप थियो। 

सायमीको आत्मवृत्तान्त लेख्ने समय नभइसकेको हुनाले आत्मवृत्तान्त लेखनमा आफ्नै सीमाहरू रहेको कुरातर्फ आफू जानकार रहे पनि उनले तौलिएर लेखेको ओलीले बताए। 'आत्मवृत्तान्त भनेको निर्मम हुनुपर्ने हो तर यहाँ तौलिएर लेख्ने प्रचलनको अन्त्य हुनु पर्छ' उनले भने।

उनले पुस्तकमा विचित्रको आत्मस्वीकारोक्ति समावेश गरिएको जानकारी रहेको समेत बताए। उनले उपचारका कुरा तथा बिरामी, बिरामीका कुरुवा, उनका आश्रित परिवारसँग गरिएका कुरा समेटेर आस्थाको उपन्यास तयार गर्न समेत सायमीलाई सुझाव दिए।

डा. सायमीले आफ्ना धेरै साथी बितेर गइसकेको प्रसंग जोड्दै जिन्दगीको भरोसा नभएर पुस्तक लेखेको बताएपछि प्रधानमन्त्री ओलीले चिन्ता लिएर बसन्नु भन्दा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीलाई हेरेर अघि बढ्न आग्रह गरे। 

कार्यक्रममा बोल्दै लेखक डा. सायमीले १५ दिन बिदा बसेर पुस्तक लेखेको बताए। ६१ वर्षे जीवनकालका अनुभवहरू समेटेको पनि उल्लेख गरे। 'दुई तिहाई सरकारलाई विपक्षले ढाल्न नसके पनि यो दुई तिहाईमा निराशा भएर विद्रोहमा उत्रियो भने नेपालमा नौ रेक्टरको भूकम्प आउँछ, त्यसकारण जनताको मन जित्ने काम गरेर देखाउन शुभकामना दिन्छु।' सायमीले पुस्तक भित्रको ‘मैले चिनेको केपी ओली’ शीर्षकको एउटा अंश सुनाउँदै भने।

कलाकार हरिहर शर्माले उनको कृतिमा समाज रुपान्तरण गर्ने भावना जागृत भएको सरल भाषाको प्रयोग भएको पाइने बताए। सामाजिक अभियन्तासमेत रहेका सायमीका लेखमा परिवर्तनका झिल्का भेटाइने उनले बताए। त्यस्तै डा. सायमी कुशल चिकित्सक, प्रशासकसमेत रहेको डा. शशि शर्माले बताए। उनले सायमी नेपालको चिकित्सा क्षेत्रमा भएका विसंगतीलाई हटाउन लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत बताए।

डा. शर्माले निडर स्वभावका कुशल प्रशासन, चिकित्सक, प्राध्यापक र अरूलाई हौसला दिने प्रेरणाको स्रोतका रूपमा सायमीलाई चित्रित गरे। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीदेखि हालका प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई उपचार गरेका डा. सायमी साहित्यिक, सामाजिक, स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा योगदान दिने व्यक्ति भन्दै प्रशंसा समेत गरेका थिए।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका डा. सायमीका ११ वटा कृति प्रकाशित भइसकेका छन्। जसमध्ये छ वटा उपन्यास रहेका छन्। लेख रचना र कविता संग्रह गरी चार वटा पुस्तक प्रकाशित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.