|
File Photo

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले पहिलोपटक सिसि क्यामेरा जडान गरेको छ। जुम्ला जिल्लामा भइरहेका अपराधिक गतिविधि रोक्नको लागि सिसि क्यामारा जडान गरिएको हो।

जिल्लाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउनको लागि सिसि क्यामारा जडान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख, प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए। उनले भने, 'जुम्ला जिल्ला अपराधिक मुक्त बनाउने आफ्नो लक्ष्य रहेको छ।' 

रिजालका अनुसार  हिरासत, मुद्राफाटलगायत  तीन ठाउँमा  सिसि क्यामारा जडान् गरिएको छ। उनले भने, 'जुम्लामा हुने चोरी डकैती, न्यूनीकरण गर्नको लागि आफ्नै आर्थिक स्रोतबाट सिसि क्यामारा जडान गरिएको भए पनि जुम्लाको बत्ती नियमित्त रूपमा नआउने भएकाले प्रभावकारी हुन नसकेको  गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.