|

रुकुम : रुकुम पश्चिमका स्थानीय तहहरू प्रविधिमैत्री बन्दै गएका छन्। रुकुम पूर्व र पश्चिम ९ वटै स्थानीयतहरू प्रविधिमैत्री बन्न थालेका हुन्। सञ्चार र प्रविधिबाट टाढा रहेका रुकुम पूर्व पश्चिमका स्थानीयतहरू  प्रविधिमैत्री बनेका हुन्। यसअघि फोन सेवा समेत नपुगेका गाउँमा अहिले डिजिटल प्रविधिमार्फत कार्य भइरहेका छन्। 

पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश वडाहरू सञ्चारविहीन भए पनि पछिल्लो समय सञ्चार प्रविधिले गाउँ दुर्गमको गाउँ जोडेको स्थानीयबासीले जानकारी दिएका छन्। पुथाउत्तरगंगा  गाउँपालिका २ का जुद्धबीर बुढाले पहिले फोन सेवा समेत नभएका स्थानीय गाउँ प्रविधिमैत्री बन्न थालेपछि खुसी छाएको बताए। त्यस्तै रुकुम पश्चिम आठविसकोट नगरपालिका ५ की जयकुमारी बिकले पनि दुर्गम गाउँ इन्टरनेट पुगेपछि सहजता भएको बताइन्।

स्थानीय तहहरूले इन्टरनेटको माध्यमबाट डिजिटल हाजिर, मोवाइल एप्स, डिजिटल प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता लगायतका कार्य गर्न थालेका छन्। यसका दुर्गमका विद्यालयमा डिडिटल प्रविधिमार्फत समेत पढाइन हुन थालेको छ। जनतालाई सूचना र सञ्चारमा सहज पुर्‍याउन सामाजिक सञ्जाल समेत सञ्चालनमा ल्याएको भुमे गाउँपालिका अध्यक्ष रामसुर वुढाले जनाए। ‘स्थानीय तहमा सूचना र प्रविधिको पहुँच विस्तार हुँदा काम गर्न सजिला भएको छ। हाम्रो गाउँपालिकाको काम पनि सूचना प्रविधिमा जोडेका छौं’ उनले भने।

पछिल्लो समय रुकुम पश्चिमको आठविसकोट, मुसिकोट र चौरजहारी नगरपालिकाले मोवाइल एप्स सञ्चालन गरेको छन्। स्थानीय सरकारले गरेका कामको जानकारी मोवाइलमा जानकारी दिने उद्देश्यले मोवाइल एप्स सञ्चालनमा ल्याएको आठविसकोट नगरपालिका उपप्रमुख गीता नेपालीले जानकारी दिइन्।नगरपालिकामा भए गरेका सम्पूर्ण गतिबिधि र सेवा प्रवाहसम्बन्धी जानकारी गराउने उद्देश्यले मोबाइल एप्लिकेसन तयार गरी प्रयोगमा ल्याइएको उनको भनाई छ। मोवाइल एप्स एकपटक अपडेट गरेपछि इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको बेला पनि सेवाग्राहीले स्थानीय तहका सम्पूर्ण सेवा तथा गतिविधिबारे जानकारी लिन सकिने जनाएको छ। मोबाइल एप्लिकेसन नेपाल सरकार, सूचना तथा सञ्चार विभाग र एलजिसिडिपीको साझेदारीमा निर्माण गरिएको हो। 

घटना अनलाइनबाटै 
प्रविधिको वकास सगै अनलाइनबाटै व्यक्तिगत घटना दर्ता हुन थालेका छन। रुकुम पूर्वको सिस्ने गाउँपालिका र पश्चिम रुकुमको मुसीकोट नगरपालिका ४ र ६ वडाले व्यक्तिगत घटना अनलाइन प्रणालीबाट दर्ता गर्ने प्रक्रियाको थालनी हुन्। सिस्ने गाउँपालिका ५  र मुसीकोट नगरपालिका ४ र ६ को कार्यालयबाट ब्यतिगत घटना अनलाइन प्रक्रियाबाट दर्ताको सुरुवात गरेको हो। 

अब यस क्षेत्रभित्र बसोबास गर्ने हरेक नागरिकले डिजिटल जन्म दर्ता, बिबाह दर्ता, मृत्यु दर्ता र ब्यक्तिगत घटना दर्ता प्रमाणपत्र प्राप्त गर्न  मुसीकोट नगरपालिका ४ का वडाध्यक्ष निर्मल कुमार पुनले जनाए। ‘यस अघि वितरण गरेका प्रमाणपत्र तथा महत्वपूर्ण कागजात हराउने च्यातिने डर हुन्थ्यो, अब अनलाइन प्रक्रियाबाट  दर्ता गर्दा अभिलेखहरु राख्न सजिलो भएको छ, त्यस्तै इन्टरनेटको पहुँच भए घरबाटै पनि काम गर्न सकियो’ उनले भने।

यसअघि जन्म दर्ता बिबाह दर्ता मृत्यु दर्ता ब्यक्तिगत घटना दर्ता लगायत विभिन्न सिफारिस हस्त लिखित पाउदै आएका थिए। अब भने हरेक नागरिकले यी सबै सेवा अनलाइन प्रणालीमार्फत डिजिटल प्रमाणपत्र प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.