|

सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा बिहीबार जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। अन्य ८ जना घाइते भएका छन्। फिक्कल गाउँपालिका-१ महादेव डाँडाबाट सिन्धुलीगढीतर्फ आउँदै गरेको बा१५च ९४२२ नम्बरको डबल क्याप बोलेरा आफैँ अनियन्त्रित भई फिक्कल गाउँपालिका-२ चण्ढी भज्याङमा दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुने मा फिक्कल गाउँपालिका-२ की २५/२६ वर्षीया अनिता महत, फिक्कल–२ की ५५/५६ वर्षीया तिलमाया विक, सोही ठाउँका ६०।६५ का कुनमान तामाङ, फिक्कल गाउँपालिका-३ की ३५/३६ की शान्तिमाया श्रेष्ठ र फिक्कल गाउँपालिका-२ की ४५/५० वर्षीया लक्ष्मी विक रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।अनिता महतको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने अरू चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी फिक्कल-२ चण्डीभज्याङका ४३ का दीपककुमार सुनुवार, सोही ठाउँका चालक मानबहादुर सुनुवार, तिनपाटन गाउँपालिकाका २६ वर्षका गणेश घिसिङ, फिक्कल-२ का ३५ वर्षका जय प्रसाद न्यापाने, फिक्कल –३ का ३८ वर्षका दीपक श्रेष्ठ, फिक्कल-२२ का ६६ वर्षका गंगा माया विक, फिक्क्ल –१ का ६५ वर्षीया चन्द्रमाया विक, सोही ठाउँका ४५ वर्षका राजेश सुनुवार र सोही ठाउँका ६० वर्षका नन्दलाल विक घाइते भएका छन्।

घाइतेमध्ये दीपककुमार सुनुवार, चालक मानबहादुर सुनुवार, गणेश घिसिङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। घाइतेलाई उपचारका लागि धुलीखेल पठाइएको छ। बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।    

सिन्धुलीको फिक्कलमा जिप दुर्घटना, चारको मृत्यु 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.