|

जुम्ला : ग्रीनल्याण्ड होटलमा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्। बुधबार राति करिब ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा होटलमा काम गर्ने मजदुर रहेको जनाइएको छ। उनको शरीर र अनुहार आधा जलेको छ। आगलागी हुँदा बाहिर निस्किने ठाउँ नभेटेपछि ती मजदुर जलेको आगलागी नियन्त्रणमा खटिएको एक सशस्त्र प्रहरीले बताए। आगलागीको कारण खुल्न नसके पनि बालिएको मैनबत्तीबाट भएको हुन सक्ने अनुमान गरिएको छ।

आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा राति करिब १ बजे नियन्त्रणमा लिइएको हो। आगो नियन्त्रणका लागि चन्दननाथ नगरपालिकाको दमकल अन्तिममा पुगेको थियो। होटलभित्र रहेका भाँडावर्तनलगातका महँगा सामानमा ठूलो क्षति भएको होटल सञ्चालक चेतन रावलले जानकारी दिए। क्षतिको विवरण भने आइनसकेको बताइएको छ। होटलको आगडि तिरको भवनमा खासै क्षति नभए पनि पछिल्लो भाग र भान्सा पूर्ण क्षति भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.