|

पर्वत : मोटरबाटो निर्माणको लागि वडाध्यक्षले सिफारिस नदीएको भन्दै पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीको वडा कार्यालयमा उपभोक्ताले तालाबन्दी गरेका छन्।

मोटरबाटो निर्माणसम्वन्धी सबै कागजपत्र पुर्‍याएर जाँदा पनि वडा कार्यालयवाट सिफरिस नपाएका कारण उपभोक्ता समितिको नेतृत्वमा तालाबन्दी गरिएको समितिका अध्यक्ष पानबहादुर हमालले बताए। लुंखु–बान्द्रे–हुवास सडक खण्डको लागि गण्डकी प्रदेशवाट विनियोजित योजना कार्यान्वयन गराउन वडाबाट सिफारिस माग्दा नपाएकै कारण बाध्यताले ताला लगाउनुपरेको हमालको भनाइ छ। ‘गण्डकी प्रदेशबाट विनियोजित योजना कार्यान्वयन गराउन जिल्ला पूर्वाधार विकास समितिमा प्रक्रियागत रुपमा जानुपर्ने भएकाले हामी सिफरिस लिन गएका थियौँ।’ उनले भने, ‘सडकको कार्य क्षेत्र महाशिला–५ लुंखुले सिफरिस गरिदियो तर,  महाशिला ४ पाखापानीले सिफारिस दिन नमानेपछि हामी ताला लगाउन बाध्य भयौँ।’

उपभोक्ता समितिले बिज्ञप्तीसमेत निकाल्दै वडाध्यक्ष नै विकास निर्माण बिरोधी देखिएकाले स्थानिय उपभोक्ता समितिले अनिश्चितकालिन ताला बन्दी गरेको जानकारी गराईएको छ। विकास निर्माणको काममा वडाध्यक्ष नै अग्रसर हुनुपर्ने भए पनि विकासविरोधी मानसिकता देखिनु गलत भएको स्थानीयको आरोप छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.