|

इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लीग यात्राको अघिल्लो चरण बलियो बनाएको छ। संघर्षपुर्ण खेलमा पेप ग्वार्डिओलाको सिटीले अन्तिम १६ को पहिलो लेगमा बुधबार जर्मन क्लब साल्केलाई ३–२ ले पराजित गर्‍याे।

१० खेलाडीमा सीमित भएको म्यानचेस्टर सिटीले दोस्रो हाफमा आकर्षक मौका सिर्जना गर्दै जित आत्मासाथ गरेको हो। अवे मैदानमा बुधबार राति भएको खेलमा सिटीले संघर्षपूर्ण जित निकाल्दा रहिम स्ट्रलिङ्गले अन्तिम मिनेटमा गरेको गोल निर्णाक बन्यो। पहिलो हाफमा २–१ ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पुनरागमन गरेको हो। सिटीले १० खेलाडीमा सीमित भएपछि दुई गोल संभव बनायो।

पहिलो हाफमा दुई पटक पेनाल्टी पाएर दुवै पटक गोल गरेको शाल्केले दोस्रो हाफमा गोल थप्न असफल भयो। शाल्केका लागि बेन्तालेबले ३८ र ४५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै घरेलु मैदानमा सिटीमाथि दबाब बढाएका थिए। तर खेलमा अग्रता भने सिटीका अर्जेन्टिनी स्टार सर्जियो अगुइरोले १८ औँ मिनेटमा गोल गर्दे बनाएका थिए।

६८ औँ मिनेटमा निकोलास ओतामेन्दी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भयो। जतिबलेला सिटी खेलमा २–१ ले पछि रहेको थियो। तर सिटीका लागि लिरोय सानेले ८५ औँ मिनेटमा बराबरी गोल फर्काउँदै पाहुना टोलीको आत्माविश्वास बढाए। खेलको अन्तिम मिनेटमा (९०) औँ मिनेटमा रहिम स्ट्रलिङ्गले गोल गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए। दोस्रो लेग आगामी १२ मार्चमा सिटीको मैदानमा हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.