|

काठमाडौं : आईसीसी टी–२०  महिला विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डसँग खेल्दैछ। 

बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा पौने ९ बजे हुने खेलमा विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नका यो खेल  दुवै टोलीका महत्त्वपूर्ण रहेको छ। आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो भने थाइल्याण्डले भने वर्षाले प्रभावित खेलमा चीनलाई ६ विकेटले हराएको थियो। 

वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा ३३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले इनिङको अन्तिम बलअगाडि पूरा गरेको हो। 

नेपालले अर्को खेल शुक्रबार यूएईसँग खेल्ने छ। दुई खेल खेलेको यूएईको चार अंक रहेको छ भने एक खेल खेलेको नेपाल दुई अंकसहित अंक तालिकामा दोस्रो स्थानमा छ। एक खेल खेलेकाे थाइल्याण्ड अंक तालिकामा चाैथाे स्थानमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.