|

काठमाडौं : आइसिसी टी–ट्वेन्टी महिला विश्वकपको एसिया छनोटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ। बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा भएको खेलमा जितका लागि थाइल्याण्डले दिएको १ सय २५ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा मात्रै ६७ रन मात्रै बनाउन सक्यो। टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय २४ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले सर्वाधिक २९ र सीता रानाले १८ रनको योगदान दिए ।  अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

नेपालले अर्को खेल भोली यूएईसँग खेल्ने छ। दुई खेल खेलेको यूएईको चार अंक रहेको छ भने एक खेल खेलेको नेपाल दुई अंक छ। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.