|

काठमाडौं : क्यलिग्राफी अर्थात् सुलेखन कलात्मक तरिकाले अक्षर लेखिने कला हो। विशेष प्रकारको पेन र ब्रशको प्रयोग गरेर कलात्मक रूपमा अक्षरहरूलाई सजाएर लेखिन्छ। चीनमा यो कला परापूर्व कालदेखि नै अभ्यास गरिँदै आएको छ।

हरेक संस्कृति र भाषाहरूमा यस्तो कलात्मक अक्षर (क्यालिग्राफी) प्रयोग हुन्छ। तर, चिनियाँ क्यालिग्राफीलाई विश्वमै उच्चतम कलाको रूपमा मानिन्छ। चीनमा यो कलालाई मात्र हस्तलेखन कलामा मात्रै नलिएर यसलाई उच्चतम दृष्यकलाको रूपम हेरिन्छ। यो कला अरू कला जस्तै चित्रकला, मूर्तिकला जस्ता कलाहरू भन्दा बढी महत्वका साथ लिइन्छ।

यहि कलालाई नेपाली विद्यार्थीलाई परिचय गराउने उद्देश्यले चिनियाँ अन्तर्राष्ट्रिय चित्रकला तथा क्यालिग्राफि समाज र चीन सांकृतिक केन्द्रको संयुक्तरूपमा यो प्रदर्शनीको आयोजना गरिएको थियो। चीन र नेपालको मित्रताले  लामो इतिहास बोकेको छ। यस्तो किसिमको सहकार्यले यो इतिहासलाई अझ मजबुत बनाउने आयोजकले जनाएको छ।

फोटोमा प्रदर्शनीको केहि झलक:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.