|

काठमाडौं : गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै 'कता हिडेकी' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतको शब्द तथा संगीत पनि धर्मेन्द्रकै रहेको छ।

लामो समयदेखि संगीत क्षेत्रमा रहेर काम गरिरहेका धर्मेन्द्र यस गीतबाट निकै आशावादी छन्। उनी भन्छन्, 'मैले अहिलेसम्म जति गीत गाएँ त्यो मेरो बुबाको युगको थियो। अहिले यस गीतलाई युवा पुस्तामा लक्षित गरेर तयार गरेको छु। सायद सबैले यसलाई रुचाउनुहुन्छ होला।' गायक धर्मेन्द्र 'रेशम फिलिलि' जस्तो सफल गीतका सर्जक बुद्धि परियारका छोरा हुन्। 

उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन्। भिडियोमा धर्मेन्द्र र टिम चिटिक्कलाई पनि फिचर गरिएको छ। भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए।

सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन्। रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका छन्।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.