|

बंगलादेशको ढाकास्थित रसायन राखिने एक गोदाममा आगलागी हुँदा  मृत्यु हुनेको संख्या ८१ पुगेको छ। घटनामा एक सय भन्दा बढी घाइते भएका छन्। 
बुधबार रातभरी लागेको आगो बिहिबार दिउँसो १ बजेमात्र नियन्त्रणमा आएको थियो। 

आगो लाग्नुको प्रमुख कारण थाहा हुन सकेको छैन। ढाकाको उक्त पुरानो इलाका चौकबजारमा आगो ग्यास सिलिन्डरबाट लागेको हुन सक्ने र पछि तिब्र गतिमा ज्वलनशिल पदार्थ भन्डार गरिएको पुरै भवनमा फैलिएको हुनसक्ने बंगलादेशका अधिकारीहरुले जनाएका छन्।

आगोको चपेटामा त्योसँग जोडिएका ४ वटा भवनमा फैलिएको थियो। ती भवनमा प्लास्टिकका दाना र बडी स्प्रे राखिएको र त्यो बाहेक रासायनिक गोडामका रुपमा पनि प्रयोग हुने गरेको बताइएको छ।

आगलागी हुँदा ट्रफिक जाम भइरहेको र त्यसले गर्दा मानिसहरु भाग्न नसकेको र घाइते भएकाे बताइएकाे छ। आगलागी भएको गल्ली अत्यन्त साँगुरो थियो। 

स्टोरमा राखिएका अत्यन्त ज्वलनशिल पदार्थका कारण आगोले भयानक रुप लिएको थियो। यसअघि ढाकाको एक पुरानो भवनमा २०१० मा पनि आगलागीको यस्तै घटना भएको थियो। त्यतिबेला १ सय २० भन्दा धेरैको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.