|

बागलुङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशमा आर्थिक समृद्धि नआएसम्म शहीदका सपना पूरा नहुने बताएका छन्।

वर्तमान सरकारले आर्थिक समृद्धिका आधार तयार पारिरहेको भन्दै प्रचण्डले शहीदले देखेको सपना जस्तो देश बनाउने बाटोमा नेकपा लागेको बताए। शुक्रबार बागलुङको ताराखोला गाउँपालिकामा ४ तारागाउँस्थित नेपाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रचण्डले दुई ठूला कम्युनिस्ट पार्टीको एकताको टुंगो लाग्नु र आर्थिक समृद्धिका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रीत हुनुले सहीदका सपना पूरा हुनेमा आशंका नरहेको दाबी गरे।

समृद्धिका लागि आवश्यक पूर्वाधार र कानुनको निर्माणलाईसमेत प्राथमिकतामा राखेर काम भइरहेको प्रचण्डको दाबी थियो। उनले समृद्धिका लागि निर्माण गरेका कानुनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताए। ‘पार्टी एकीकरणको लागि अब कुनै कसर बाँकी राख्दैनौं’ प्रचण्डले भने, ‘धेरै कामहरू सकिएकाले बाँकी रहेका काममा पनि शंका नगर्दा हुन्छ। पार्टीलाई एकताबद्ध गर्ने काम सम्पन्न भएको भनेर बुझ्नुहोस्।’ उनले नेपाली जनताले आर्थिक अभावमा उपचार तथा शिक्षाबाट वन्चित हुनुपर्ने अवस्थाको यो सरकारले अन्त्य गरेको बताए।

प्रचण्डले विद्यालयमा प्राविधिक शिक्षा तथा भौतिक सुधारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.