|
प्रतीकात्मक तस्बिर

काठमाडौं : परस्त्रीसँग यौनसम्बन्ध राख्दै गर्दा रंगेहात समातिएका एक प्रहरी जवान निलम्बनमा परेका छन। 

जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी जवान महेश दमाई परस्त्रीसँग यौनसम्बन्ध गरिरहेकै अवस्थामा समातिएका थिए। उनी रंगेहात पक्राउ परेपछि निलम्बनमा परेका हुन।

कालिकोट प्रहरीका अनुसार एक महिलासँग यौनसम्बन्ध गरिरहेकै अवस्थामा ती महिलाका श्रीमानले समातेका थिए। महिलाका श्रीमानले दमाईबारे जिल्ला प्रहरी कार्यालय कालिकोटलाई खबर गरेका थिए।

अनुसन्धानका लागि प्रहरी उक्त स्थानमा पुगेको थियो। ती महिला कालिकोट सदरमुकाममा कोठा भाडा लिएर बस्दै आएकी थिइन। जहाँ ती दुवैको यौनसम्बन्ध रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.