|

काठमाडौं : ललितपुर नक्खुमा बम विस्फोट भएको छ। ललितपुर प्रहरी परिसरका अनुसार नख्खुमा रहेको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको टावरअगाडि विस्फोट भएको हो। 

शुक्रबार साँझ ८ बजेतिर भएको विस्फोटमा तीन जना घाइते भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकले जानकारी दिए। घाइतेको अवस्था कस्तो छ र घटनाको अवस्था के हो भन्नेबारे एकिन भइनसकेको ललितपुर प्रहरी परिसरले जनाएको छ। घाइतेलाई उपचारका लागि ललितपुर जावलाखेलमा रहेको अल्का अस्पताल लगिएको छ। 

विस्फोट कसले गराएको भन्ने पनि नखुलेको प्रहरीले बताएको छ। एसएसपी धानुकले विस्फोट गराउने व्यक्ति वा समूह के हो भन्ने एकिन नभएको बताए। उनले घटनाले अनुसन्धान शुरु गरिरहेको बताए।

अहिले उक्त स्थानमा प्रहरी परिचालन भएको र विस्तृत विवरण आउन बाँकी रहेको परिसरले थाहाखबरलाई जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.