तीनजना घाइतेको परिचय खुल्यो
तीनजना घाइतेको परिचय खुल्यो
काठमाडौं : ललितपुर नक्खुमा भएको बम विस्फोटमा परेर एक जनाको अवस्था गम्भीर भएको छ।
ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकका अनुसार घटनामा तीनजना घाइते भएका छन। घाइते हुनेमा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
नख्खुमा रहेको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको टावरअगाडि विस्फोट भएको थियो। शुक्रबार साँझ ८ बजेतिर विस्फोट भएको थियो।
विस्फोट कसले गराएको भन्ने पनि नखुलेको प्रहरीले बताएको छ। एसएसपी धानुकले विस्फोट गराउने व्यक्ति वा समूह के हो भन्ने एकिन नभएको बताए। उनले घटनाले अनुसन्धान शुरु गरिरहेको बताए।
अहिले उक्त स्थानमा प्रहरी परिचालन भएको र विस्तृत विवरण आउन बाँकी रहेको परिसरले थाहाखबरलाई जानकारी दिएको छ।
पढ्नुहोस्ः
तपाईंको ईमेल गोप्य राखिनेछ ।