|
उपचारका क्रममा मृतक गुरुङ। फाइल फोटो

ललितपुर : नक्खुमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।

शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए।

अन्य दुईजना घाइतेको पनि उक्त अस्पतालमा नै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको धानुकले बताए। 

शुक्रबार देशका विभिन्न ठाउँमा टेलिफोन प्रदायक कम्पनी एनसेलका टावरमाथि बम विस्फोट र आगजनी भएको थियो भने विभिन्न ठाउँमा बम फेला परेका थिए। 

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.