इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार भएको फुलह्यामसँग भएको विवादित खेलमा वेस्टह्याम युनाइटेडले जित निकालेको छ।
घरेलु मैदानमा भएको खेलमा वेस्टह्यामको ले फुलह्यामलाई ३-१ ले पराजित गर्यो। यो खेलमा वेष्टह्यामका लागि खाबिएर हर्नान्डेज, इसा डिओप र मिखाएल एन्टोनिओले गोल गरे। फुलह्यामका लागि रायन बाबेलले एक गोल फर्काए।
हर्नान्डेजले २९ औँ मिनेटमा गरेको गोल विवादित बन्यो। गोलका लागि उनले पाखुरा प्रयोग गरेको देखिएको थियो। झट्ट हेर्दा हर्नान्डेजले हेडमार्फत गोल गरेको देखिएपनि रिप्लेमा स्पष्ट रूपमा उनले आफ्नो पाखुराको सहयोगमा गोल गरेको देखिएको छ। तर रेफ्रीले देखेनन् र गोलले मान्यता दिँदा खेल विवादमा परेको थियो।
जुन गोल सिजनमा फुलह्यामको १८ औँ हारको कारण बन्यो । त्यसपछि डिपोले ४० औँ र एन्टोनिओले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे। खेलमा सुरुवाती अग्रता भने फुलह्यामले लिएको थियो। तेस्रो मिनेटमा नै बाबेलको गोलबाट लिएको अग्रता फुलह्यामले जोगाउन सकेन र पराजित भयो। हारपछि पुछारबाट दोस्रो स्थानको फुलह्यामको २७ खेलबाट १७ अंक बनाएको छ। नवौँ स्थानमा उक्लिएको वेष्ट ह्यामको २७ खेलबाट ३६ अंक छ।
यस्तै राति नै भएको अर्को खेलमा वाट्फोर्डले कार्डिफ सिटीलाई ५–१ ले पराजित गर्यो। कार्डिफको मैदानमा भएको खेलमा वाट्फोर्डको जितमा जेरार्ड डेउलाफेउले ह्याट्रिक गरे। यस्तै डिनीले दुई गोल गरेका थिए। कार्डिफका लागि बाम्बाले एक गोल फर्काएपनि टिमको हार टार्न सकेनन्। जितपछि सातौँ स्थानमा उक्लिएको वाट्फोर्डको २७ खेलबाट ४० अंक रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।