काठमाडौं : कवि तथा गीतकार सुन्दर पन्त एकैसाथ तीन कृति लिएर आएका छन्। बैकुण्ठ मन प्रतिष्ठानद्वारा प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा पन्तको कविता संग्रह ‘अनामिका’ एवं दुई गीति एल्बम ‘सार्थक’ र ‘नाता’को सार्वजनिक गरिएको हो।
वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेलले पन्तका तीन कृति एकैसाथ विमोचन गरे। संगीतकार महेश खड्का, गीतकार चूडामणि देवकोटा लगायत साहित्यकार तथा संगीतकर्मीले कृतिको समीक्षा गरे।
गीति संग्रह ‘नाता’ मा समावष्टि, प्रकाश धिताल निर्देशित, संगीतकार प्रमोद पन्तको संगीत र प्रमोद खरेलको आवाज रहेको म्युजिक भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।