|

पर्वत  : पहिलो नेपाल आइडल बुद्ध लामाले शुक्रबार साँझ पर्वतका दर्शकलाई नचाए। पुन क्लब पर्वतको आयोजनामा भैरहेको पहिलो मगर महोत्सवको अवसरमा उनी पहिलो पटक गीत गाउन आएका थिए।

बुद्धको गीतमा दर्शकहरुले नाचेर राम्रो साथ दिए। तर, उनको गीतमा रमिरहेका तिनै दर्शकहरुको मनमा कार्यक्रमभरी एउटा कुरा भने खड्किरह्यो। जिन्स पाइन्ट र कालो हुट लगाएका उनले हुटको टोपी भने कार्यक्रमभरी खोलेनन्। दर्शकले हुट टोपी निकालेर गाउन आग्रह गर्दै चिच्याए पनि बुद्धले नसुनेर वा सुनेर पनि नसुने जस्तो गरेर हो आग्रहलाई पूरा गरेनन्। हुटको टोपीले ढाकिएकाले उनको अनुहार मात्र देख्न सकिन्थ्यो। 

रातका समय अलि टाढाको राम्रोसँग देखिँदैन। यस्तोमा बुद्ध लामालाई हेर्नकै लागि भनेर आएका दर्शकको आशा निराशामा परिणत भयो। किनकि, उनले कार्यक्रमभरी टोपी खोलेनन्। यति मात्र होइन, कार्यक्रम स्थलमा प्रवेश गर्दा पनि टोपीले टाउको ढाकेको अवस्थामा पुगेका उनी बाहिरिने बेलामा पनि त्यही अवस्थामा बाहिरिए। 

लामासँग उनका फ्यानहरुले सेल्फी पनि लिए, तर ती सबै सेल्फीमा पनि उनले हुटको टोपी भने निकालेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.