|

सुडानका राष्ट्रपति ओमार अल बसिरले मुलुकमा राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। संघीय राज्य सुडानका सबै प्रान्तीय सरकार भंग गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन्।

एक राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सबै प्रान्तका सरकार भंग गरेको र ती प्रान्तहरू संघीय सरकारको मातहतमा आएको उल्लेख गरेका छन्। राष्ट्रपतिविरुद्ध देशव्यापीरूपमा आन्दोलन भएपछि बसिरले यस्तो कदम चाल्नु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

सरकारले नागरिकलाई दिँदै आएका विभिन्न सहुलियत कटौती भएको विरोधमा केही महिनाअघिदेखि सरकारविरुद्ध प्रदर्शन भएका थिए। तर सरकारले प्रदर्शनहरूलाई दबाउने, माग सम्बोधन नगर्ने लगायतका क्रियाकलाप देखाएपछि प्रदर्शनहरू राष्ट्रपतिको विपक्षमा केन्द्रित भएका थिए।

३० वर्षदेखि राष्ट्रपतिका रूपमा रहेका बसिरले संविधान संशोधनबारे उठिरहेका माग दबाउन यस्तो कदम लिएको ठानिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.