महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया भिड्दै
महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया भिड्दै
काठमाडौं : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त हुँदैछ। शनिबार साढे १२ बजे फाप्ला क्रिकेट मैदान धनगढीमा हुने फाइनल खेलमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ।
महेन्द्रनगरको नेतृत्व शरद भेषावकरले गरेका छन् भने अत्तरियाको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरेका छन्। महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर पहिलोपटक फाइनलमा पुगेको हो।
आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले फाइनलमा अत्तरियासँगको भेट पक्का गरेको हो।
विजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख र चौथो हुने टोलीले दुई लाख नगद पुरस्कार हात पार्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।