|

धनगढी : धनगढी प्रिमियर लिगको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले अत्तरियालाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेका महेन्द्रनगरले सीवाइसी अत्तरिया सँगको फाइनलमा निर्धारित २० ओभर खेली १ सय २३ रनमा अलआउट भयो।

महेन्द्रनगरका लागि दिलीप नाथले ४३, कुशल मल्लले २५, रोहित कुमार पौडेलले २४ र मोहमद नाविदले १० रन बनाए।

बलिङमा अत्तरियाका दिपेन्द्रसिह ऐरी र दिपेन्द्र रावतले समान २/२ तथा सन्नी पटेलले १ विकेट लिए। महेन्द्रनगरका ५ ब्याट्सम्यान रन आउट भएका थिए। फाइनल जित्ने टोलीले ३० लाख र उपविजेताले १२ लाख रुपैयाँ नगद पाउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.