|

भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताएका छन्। देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द गरिएको उनले शुक्रबार जानकारी दिएको समाचारमा जनाइएको छ।

'भेनेजुएलामा पूर्ण शान्ति स्थापनाका लागि यस्तो गरिएको हो,' काबेल्लोले सीमा क्षेत्रको भ्रमणका क्रममा भने। सरकारी उच्च अधिकारीहरूसँग आफूले देशका धेरै ठाउँहरू भ्रमण गरेको बताउदै उनले भने, 'ती ठाउँहरूमा शान्ति छ।'

'हाम्रो चासो शान्ति, अहस्तक्षेप, स्वतन्त्र राज्यको सम्मान हो, त्यो अहिले जनताले महसूश गर्न थालेका छन्,' उनले थपे। भेनेजुएलामा राष्ट्रिय सभाका अध्यक्ष तथा विपक्षी नेता हुँवा गुआइदोले गत जनवरी २३ मा आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राजनीतिक संघर्ष चर्किएको छ।

आन्तरिक विवादलाई लिएर विश्व समुदाय पक्ष विपक्षमा उभिएका छन्। आन्तरिक तथा बैदेशिक सम्बन्धमा समस्या उत्पन्न भएपछि खाद्यान्न, औषधिलगायतको अभाव भएको समाचारहरू आएका छन्।

भेनेजुएलाका नागरिकलाई खाद्यान्न र औषधिको अभाव भएपछि विभिन्न देशहरूले सहायता सामग्रीहरू पठाउन खोजेकाले त्यसलाई रोक्नका लागि पनि सिमानाकाहरू बन्द गरिएको आरोप पनि लगाउने गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.